अवतरण गर्ने क्रममा जाइरोकप्टर दुर्घटनाग्रस्त

बैशाख २४, पोखरा । अवतरण गर्ने क्रममा रन वेबाट चिप्लिएर पोखरा विमानस्थलमा आज दिउँसो १ः४५ मा जाइरोकप्टर दुर्घटनामा भएको छ । 

 

यस दुर्घटनामा कुनै मानवीय क्षति नभएको नागरिक उड्डयन प्राधिकरण पोखरा कार्यालयका सूचना अधिकारी काशिराज शर्मा जानकारी दिएका छन् । 

null

फ्रान्सेली पाइलट एरिकले यात्रु अनिश भट्टचनलाई राखेर उडाएको हेली एयर नेपाल प्रालिको नाइनएन एएमके कल साइन नाम भएको यस जाइरोकप्टर दिउँसो २ बजे रन वेबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको शर्मा बताउँछन् । 

दुर्घटनाग्रस्त जाइरोकप्टरको दुबै पंखा भाच्चिनुको साथै अगाडीको सिसा फुटेको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *