चन्द्रागिरीमा अवैधानिक संरचना बनाउने ढकाललाई कारवाही सिफारिस

 

बैशाख २७, काठमाडौं । चन्द्रागिरी हिल्स् कम्पनी लिमिटेडका सञ्चालक तथा निर्माणकर्ता चन्द्र ढकाललाई वातावरण विभागले कारावाहीका लागि सिफारिस गरेको छ । 

स्थलगत अध्ययन पश्चात् रिसोर्टको संरचना निर्माण अवैधानिक भएको भन्दै वातावरण विभागले कारवाही गर्न सिफारिस गरेको हो । 

null

चन्द्रागिरी हिल्स प्रालिले निर्माण गरेको रिर्सोटको संरचना स्वीकृत मूल्यांकन (इआइए) भन्दा बाहिर रहेको विभागले जनाएको छ । 

इआइएमा उल्लेख गरिएको भन्दा बाहिर गएर संरचना निर्माण गर्ने व्यक्ति वा संस्थालाई ‘वातावरण संरक्षण ऐन २०५३’ को दफा १८ मा संस्था तुरुन्त बन्द गराउनने तथा दण्ड तथा जरिवानाको व्यवस्था छ । 

चन्द्रागिरीमा बन्दै गरेको रिसोर्ट स्तर वर्गीकरणका लागि चन्द्रागिरी हिल्स प्रालिले पर्यटन विभागमा निवेदन दिएको थियो। सोही निवेदनको आधारमा विभागले संरचनाको स्थलगत अध्ययन गरको थियो। 

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भएको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा रिसोर्टको संरचना निर्माणमा ४० वटा हटस्पट भवनहरु बनाउने उल्लेख छ। तर, व्यवसायी ढकालले रिपोर्टभन्दा बाहिर गएर ६० स्टोरेजका ठूला भवन निर्माण गरेका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *