चलचित्र ‘पोई पर्यो काले’ शुभारम्भ

 

जेठ १५, काठमाडौँ । कमेडी नेपाली चलचित्र ‘पोइ पर्यो काले’को छायांकन पोखराको विन्दवासिनी मन्दिरमा पूजा गर्दै शुभारम्भ गरिएको छ । 

यस चिलचित्रको सुटिङ करिब १ महिना सम्म पोखरामा हुने यस चलचित्रका निर्माण पक्षले जनाएको छ । 

null

निर्देशक शिशिर राणाकाे निर्देशन रहेको यस चलचित्रमा कालो पोई पर्दै पर्दैन भनेर घमण्ड गर्ने केटीको जीवनमा नै कालो पोई परेपछि हुने घटनालाई देखाउन खोजिएको निर्देशक राणाको भनाई छ । 

 

कमेडीले भरीपूर्ण यस चलचित्रमा मुख्य कलाकारको रुपमा सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ, राजाराम पौडेल, श्रृष्टी श्रेष्ठ लगायतको कलाकारलाई देख्न पाईनेछ । ।शिव ढकालको छायांकन रहने यस चलचित्रमा दिपक मनाङ्गे र देवी राइले निर्माण रहने भएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *