सत्तारुढ दल स्टालिन/पोलपोटको एकमनावादी धंगधंगीबाट अझै ग्रसितः बाबुराम भट्टराई

 

जेठ ६, काठमाडौं । समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मानसिकता स्टालिन र पोलपोटको एकमनावादी धंगधंगीबाट अझै ग्रसित देखिएको आरोप लगाएका छन् । 

सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल, मानव अधिकार आयोग, सुरक्षा परिषद् लगायत विधेयकविरुद्ध अध्यक्ष बाबुरामले यस्तो धारणा राखेका हुन् । एकमनावादी धंगधंगी विश्व कम्युनिष्ट आन्दोलन ध्वस्त भएको हैन र ? भन्दै प्रश्न समेत गरे । 

null

पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘मिडिया काउन्सिल,मानव अधिकार आयोग, सुरक्षा परिषद लगायतका विधेयकहरूलाई एकै ठाउँमा राखेर हेर्ने हो भने सत्ताधारी कमरेडहरूको मानसिकता स्टालिन/पोलपोटको एकमनावादी धंगधंगीबाट अझै ग्रसित देखिन्छ१ यस्तै सोचले विश्व कम्युनिष्ट आन्दोलन ध्वस्त भएको हैन र ? अनि केको जबज र एशज ? बहस त्यता गर्ने कि ?’ 

मिडिया काउन्सिल,मानव अधिकार आयोग,सुरक्षा परिषद लगायतका बिधेयकहरूलाई एकै ठाउँमा राखेर हेर्ने हो भने सत्ताधारी कमरेडहरूको मानसिकता स्टालिन/पोलपोटको एकमनावादी धंगधंगीबाट अझै ग्रसित देखिन्छ! यस्तै सोचले विश्व कम्युनिष्ट आन्दोलन ध्वस्त भएको हैन र?अनि केको जबज र एशज?बहस त्यता गर्ने कि? 

मिडिया काउन्सिल विधेयकको अहिले चौतर्फी विरोध भइरहेको छ । विपक्षी राजनीतिक दल तथा पत्रकारहरु पनि यसको विरोधमा उत्रिएका छन् । 

सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकविरुद्ध पत्रकार महासंघले आजदेखि दोस्रो चरणको आन्दोलनको घोषणा समेत गरेको छ । 

पहिलो चरणको आन्दोलन सकिँदा पनि सरकारले माग सम्बोधनमा बेवास्ता गरेका कारण पत्रकारहरु आन्दोलित भएका हुन् । दोस्रो चरणको आन्दोलन आजदेखि जेठ २५ गतेसम्म चल्ने महासंघले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *