अनुसन्धान गर्न एसएसपी खत्रीकाे नेतृत्वमा टोली परिचालन

 

जेठ ७, पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा भएको दुई परिवारका ९ जनाको विभत्स हत्याको अनुसन्धान गर्न प्रहरी वरिष्ठ उपरीक्षक शरदकुमार खत्रीको नेतृत्वमा टोली परिचालन गरिएको छ । 

केन्द्रिय अनुसन्धान ब्युरोले घटनाको प्रारम्भिक अनुसन्धानपछि संघीय प्रहरी इकाई कार्यालय सुनसरीबाट एसएसपी खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली पठाउने तयारी गरको हो । उनीसँगै क्षेत्रीय अनुसन्धान समूह पनि अनुसन्धानका लागि पाँचथर हिँडेको छ । 

null

अहिले प्रहरीले घटनास्थल सुरक्षित गरिरहेको छ । 

सोमबार राति ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको थियो । मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए । 

एक १२ वर्षीया बालिका सीता खजुम भने भागेर बाँच्न सफल भएकी प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए । उनका अनुसार भागेर बाँच्न सफल भएकी सीता गम्भीर घाइते छिन् । 

धनराजको परिवारका पाँच जनाको शव घरभित्रै छ। बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्थामा रहेको गाउँपालिका अध्यक्ष माखिमले जानकारी दिए । उनका अनुसार ज्वाईँको घरमा पाँचजनाको र सुसुराको घरमा चारजनाको हत्या भएको हो । पाँचजनाको शव एकै ठाउँमा थुप्रो लगाएको अवस्थामा छ । शवहरु विभत्स छन् । अनुहार चिन्न सकिने अवस्था छैन । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *