‘बालुवाटार नै भ्रष्टाचारीको आउजाउको केन्द्र’
बैशाख २४, काठमाडौं । सांसद देवेन्द्र राज कँडेलले प्रधानमन्त्रीले भ्रष्टाचारीको मुख पनि हेर्दिन भनिरहँदा बालुवाटार नै भ्रष्टाचारीको आउ जाउको केन्द्र बनेको दाबी गरेका छन् ।
सरकारले आगामी आर्थिक वर्षका लागि पेस गरको नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै उनले भ्रष्टाचारी बढेको दाबी गरेका हुन् ।
null
संसदमा उनले भने, ‘प्रधानमन्त्रीज्यूले भ्रष्टाचारीको अनुहार हेर्दिन भनेर पटक पटक भनिरहनु भएको छ । म प्रश्न गर्न चाहन्छु, मार्सी चामलदेखि लिएर मन्दिरको दर्शनसम्म र बिहान बेलुकी बालुवाटरमा आउनेको लिष्ट यदि जारी गरियो भने अनि बल्ल त्यसबाट थाहा हुन्छ कि भ्रष्टाचारीको मुख उहाँले हेर्नुहुन्छ या हेर्नुहुन्न ।’
सांसद कँडेलले बालुवाटार आउने र जानेको लिष्ट सार्वजनिक गर्न आग्रह गर्दै भने, ‘उहाँले त्यो लिष्ट सार्वजनिक गर्नुस्, त्यहाँ भू–माफिया छन् कि मेडिकल माफिया छन् कि, सुकुम्बासीको नाममा जग्गा कब्जा गर्ने माफियाहरु छन् भन्ने कुरो प्रष्ट हुन्छ ।’