चुनाव भारतको, चासो नेपालको : भारतको चुनावी नतिजाले नेपालमा पार्ने प्रभाव ?
बैशाख १७, काठमाडौ । संसारको सबैभन्दा ठूलो प्रजातान्त्रिक राष्ट्र मानिने भारतमा संसद (लोकसभा) निर्वाचान जारी छ ।
११ अप्रिलमा सुरु निर्वाचन १९ मेमा सकिने छ । निर्वाचनले आगामी पाँच वर्षका लागि कुन पार्टीलाई भारतको सत्तामा पुर्याउने भन्ने निर्णय लिनेछ । साथै कुन नेतालाई सत्ताको बागडोर सुम्पने भन्ने यसै निर्वाचले पनि तय हुनेछ ।
null
भारतमा हुने निर्वाचनको प्रभाव विश्व राजनीतिमै पार्नेछ । विश्वकै राजनीतिमा प्रभाव पार्ने भारतीय निर्वाचन परिणामले छिमेकी राष्ट्र नेपालमा गहिरो प्रभाव गरी पर्ने निश्चित रहेको परराष्टविद्हरु बताउँछन् । नेपाल भारतको निकट छिमेकी राष्ट्र भएको, खुला सीमा तथा धार्मिक, सांस्कृतिक अवस्थाका कारण भारतीय निर्वाचन पछिको परिणामले गहिरो प्रभाव पार्ने विज्ञहरुको भनाई छ । भारतको निर्वाचन नतिजाले दिल्लीको सत्तामा मात्र होइन, नेपालमा समेत पर्न सक्ने प्रभावबारे अड्कलबाजी हुनथालेको छ ।
जारी निर्वाचनमा भारतीय जनता पार्टी तथा ऊसँग सहकार्य गर्ने दलहरूको गठबन्धन तथा काँग्रेस आई पार्टी र ऊसँग सहकार्य गर्ने दलहरूको गठबन्धनबीच नै वास्तविक चुनावी प्रतिस्पर्धा देखिएको छ । ती दुईमध्ये कसले बहुमत प्राप्त गर्छ त्यसले नेपालको राजनीति र अर्थतन्त्रमा प्रभाव पार्ने परराष्ट मामिलाका जानकार अरुणकुमार सुवेदी बताउछन् ।
नेपालमा भारतको राजनीतिक उतार–चढाव तथा नेतृत्व परिवर्तनको प्रभाव दह्रो रूपमा पर्दै आएको अवस्थामा पुन भाजपाकै बहुमत आएमा भारतको व्यवहार नफेरिने उनको तर्क छ । भारतको परराष्ट्र नीति सबै पार्टीको एकै खालको भएपनि समय परिस्थिति अनुसार कसले कस्तो नीति अघि सार्छन् त्यसको अलग्गै प्रभाव पर्ने सुबेदी बताउछन् ।
’नरेन्द्र मोदी प्रधानमन्त्री रहँदा आफ्नो मुलुकको चाहना अनुसार संविधान नलेखेको भन्दै नाकाबन्दी लगाईयो, तर पछि सम्बन्ध सुधारको प्रयास उनी आफैँले गरेपनि नेपाललाई आफुभन्दा तल दवानु पर्छ भन्ने मनसायन फेरिएको छैन ’ उनी भन्छन ’ भाजपाले बहुमत ल्याएमा उनी पुनः प्रधानमन्त्री भन्ने पक्का भएको हुँदा भारतको स्वभाव परिवर्तन हुनेछैन । ’
उत्तर प्रदेश र विहारको चुनावी परिणामको बढी प्रभाव
उत्तर प्रदेश र विहारको राजनीतिक अवस्थाले नेपालमा ठूलो प्रभाव पार्छ । हुन त भारतको केन्द्रीय राजनीतिमा उत्तर प्रदेश र विहार राज्यको ठूलो महत्व छ नै नेपालमा पनि यी दुई राज्यको राजनीतिक तथा आर्थिक सबै कुराले प्रभाव पार्ने गरेको छ । नेपाल–भारतबीच भएका सम्झौता तथा सहमति यी दुई राज्यले लागू गरेनन् भने नेपाल बढी प्राभावित हुने अवस्था छ ।
विगतका कतिपय व्यापार तथा वाणिज्य सन्धि लागू गर्ने क्रममा यी दुई प्रदेशका विभिन्न अवरोध खेप्नु परेका अवस्था छन् । यो एउटा पक्ष हो, अर्को, यी दुई प्रदेशमा आउने नेतृत्वले विकासलाई कसरी अघि बढाउँछन, कृषिसम्बन्धी कस्ता कार्यक्रम ल्याउँछन् त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पर्नेछ । उद्योग व्यापारमा दिने सुविधा, कृषिमा दिने अनुदान जस्ता कुराले नेपालमा पनि प्रभाव पर्दै आएको छ भने भावी दिनमा अझ बढी प्रभाव पर्ने निश्चित छ ।
भाजपा फेरी सरकार बनाउला ?
एक दशकभन्दा लामो समय कँग्रेस नेतृत्वको सरकार हुँदा चुलिएको कुशासन र भ्रष्टाचारलाई मुद्दा बनाएर भाजपा नेता मोदीले लगाएको ‘अच्छे दिन आनेवाले है’ को नाराले भारतीय मतदाताको मनोविज्ञानलाई समात्दै जित हासिल गरेका थिए । प्रधानमन्त्री बनेपछि मोदीले आफूलाई विश्व नेताका रूपमा ‘पोजिसनिङ’ गर्न धेरै दौडधुप गरे । अचाक्ली विदेश भ्रमणकै कारण आलोचकहरूले उनलाई विपक्षी लगायतले अधिकांश समय जहाजमै बिताउने ‘टुरिस्ट प्रधानमन्त्री’ भनिदिए ।
सन् २०१४ को लोकसभाको निर्वाचनमा एक्लै बहुमत ल्याई सिद्द गरिसकेको भाजपालाई अहिलेको विपक्षी काँग्रेस आई निक्कै आरोप लगाउदै चुनावी प्रतिस्पर्धामा छ । धर्मको आडमा राजनीति गरेको, निर्वाचन ताका गरेका कबुलहरु पुरा नगरेको, अमुद्रिकरणले सानो तप्कालाई असर गरेको, कालो धन विदेशबाट ल्याउन असफल भएको जस्ता आरोप बिपक्षीहरुको छ ।
यी आरोपलाई लिएर काँग्रेस आईले चुनावी प्रचार बलियो रुपमा गरेको थियो । तर केही महिना अगाडि पाकिस्तानविरुद्ध भएको सर्जिकल स्ट्राइकले भाजपालाई केही सहानुभूति प्राप्त भएको छ ।
एक दशकभन्दा लामो समय काँग्रेस नेतृत्वको सरकार हुँदा चुलिएको कुशासन र भ्रष्टाचारलाई मुद्दा बनाएर भाजपा नेता मोदीले लगाएको ‘अच्छे दिन आनेवाले है’ को नाराले भारतीय मतदाताको मनोविज्ञानलाई समात्दै जित हासिल गरेका थिए ।
निर्वाचनपछि नयाँ दिल्लीको सत्ता सम्हालेका प्रधानमन्त्री मोदी र भाजपाको जबर्जस्त रफ्तारलाई कम्तीमा १०–१५ वर्ष कसैले रोक्न नसक्ने आँकलन गर्न थालिएको थियो । प्रधानमन्त्री बनेपछि मोदीले आफूलाई विश्व नेताका रूपमा ‘पोजिसनिङ’ गर्न धेरै दौडधुप गरे ।
अचाक्ली विदेश भ्रमणकै कारण आलोचकहरूले उनलाई विपक्षी लगायतले अधिकांश समय जहाजमै बिताउने ‘टुरिस्ट प्रधानमन्त्री’ भनिदिए । नेपालमा लगाइएको नाकाबन्दी लगायत छिमेक मामिलामा उनका विरोधाभासपूर्ण नीति तीव्र रूपमा विवादित मात्र भएनन्, कतिपय सन्दर्भमा प्रत्युत्पादक नै बने । यि कारणले जारी निर्वाचनमा मोदीको पार्टी भाजपाको बुहमत आउनेमा ढुक्क हुन नसकिने त्यहाँका समाचार माध्यमहरुको विश्लेषण छ ।