चुनावको नतिजाले कांग्रेस जिल्ला अध्यक्षलाई हृदयघात, मतगणना केन्द्रमै मृत्यु

 

जेठ ९, नयाँ दिल्ली । भारतको चुनावी नतिजा निकै रोमाञ्चक देखिएको छ । अहिलेसम्मको मतगणनामा भाजपाले अग्रता लिइरहेको छ । 

एग्जिट पोलमा कांग्रेस नेतृत्वको यूपीएको १२० सीट मिल्न सक्ने अनुमान देखाइएको थियो । मतगणनाको शुरुवातमा कांग्रेस उक्त आँकडाको नजिक देखिएको थियो तर अहिले ऊ निकै पछि परेको छ । 

null

दिउँसो १ बजेसम्मको मतगणनामा यूपीए मात्र ८५ सिटले अघि देखिएको थियो । भाजपा भने एग्जिट पोलको अनुमान भन्दा ज्यादा ३४४ मा अघि देखिएको छ । 

अपेक्षित भन्दा खराब हालत देखेर कांंग्रेसका एक जिल्लाध्यक्षको मतगणना स्थलमै हृदयघात भएको छ । उनको त्यहीँ नै मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

 

कांग्रेस जिल्लाध्यक्षको मृत्युको घटना मध्य प्रदेशको सीहोर मतगणना केन्द्रको हो । सीहोर जिल्लाध्यक्ष रतन सिंह ठाकुन एक मतदान केन्द्रमा मतगणनाको समयमा उपस्थित थिए । उनी त्यहाँ पार्टीले प्राप्त गर्ने परिणाम देख्नका लागि गएका थिए । जब उनले परिणाम देखे, तब उनी बेहोस भएर कुर्सीमाथि नै ढले । उनको साथमा उपस्थित मानिसहरुले उनलाई उठाएर अस्पताल पुर्याए । अस्पतालमा डाक्टरले उनलाई मृत घोषित गरिदिए। 

२०१४ को लोकसभा चुनावमा पनि भाजपाले मध्य प्रदेशमा कांग्रेसलाई टक्कर दिँदै २९ सिटमध्ये २७ सिट कब्जा गरेको थियो । कांग्रेसलाई २ सिटमा चित्त बुझाउनु परेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *