प्रधानमन्त्री कपः पारसको टोलीको लगातार दोस्रो जित

 

जेठ १४, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा प्रदेश नम्बर ३ ले लगातार दोस्रो जित हात पारेको छ । 

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल रहेको प्रदेश नम्बर ३ गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो । 

null

३ खेलबाट ४ अंक जोडेको समूह ए प्रदेश ३ शीर्ष स्थानमा उक्लिएको छ । अंकविहीन गण्डकी चौंथो स्थानमा छ । 

गण्डकी प्रदेशले दिएको १०९ रनको सामान्य लक्ष्य प्रदेश ३ ले २२ ओभर २ बलमा ३ विकेट गुमाएर पुरा गर्यो । 

प्रदेश ३ का लागि आदील खानले अविजित ३८ रन जोड्दा इशान पाण्डेले अविजित २६ र रित गौतमले २० रन बनाए । 

गण्डकीका किशोर महतोले २ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ३० ओभर १ बलमा अलआउट हुँदै १०८ रन बनाएको थियो । गण्डकीका लागि सुमा घिमिरेले ३४ रन बनाउँदा आकाश थापाले २४ रन जोडे । 

प्रदेश ३ का कप्तान पारस खड्का र सुर्य तामाङले ४–४ विकेट लिए । नन्दन कुमार यादवले २ विकेट लिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *