‘बजेटले कर्णालीलाई अपहेलना गर्यो’
जेठ १६, जुम्ला । नेपाली कांग्रेस भातृ संगठन विभाग प्रमखु लक्ष्मण शाहीले यो वर्ष सरकारले ल्याएको बजेटमा कर्णालीलाई पुरानै आँखाले हेरिएको आरोप लगाएका छन् ।
संघीयता मोडेलको बजेट प्रस्तुत नभएको तर्क प्रस्तुत गर्दै उनले कर्णालीलाई सरकारको बजेटले अपहेलना गरेको आरोप लगाएका हुन् ।
null
‘यो बजेट पुरानै तरिकाको हो । कर्णाली हिजो राणा, राजा,पञ्चायत हुँदै गणतन्त्र सम्म आउँदा पनि कहिल्यै बजेटको प्राथमिकतामा परेन । कर्णालीले ठुलो अपेक्षा राखेको दुई तिहाईको शक्तिशाली सरकारले पनि सौतेनी व्यवहार देखायो’, नेता शाहीले भने ।
सदनदेखि सडक र चिया पसलसम्म कर्णालीको सम्भाव्यता प्रर्यटकिय क्षेत्र लगायत यहाँको खोलानाला, ताल तलैयाको विषयमा नेताहरुले मिठो भाषण र गफ गरेको सुनिएपनि बजेटको प्राथमिकता भने नदेखिएको उनको आरोप छ ।
यो बजेटले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई खतरा रहेको उनको तर्क छ ।