१३ हजारको लोभमा आफ्नै साथीले गरे चिरञ्जीविको हत्या

 

जेठ ८, बुटवल । प्रहरीले कपिलवस्तु वाणगंगा नगरपालिका–६ का २७ वर्षका चिरञ्जीवि आचार्यको हत्यामा संलग्न ४ जनालाई नियन्त्रणमा लिएको छ । 

दुई दिनअघि मृत फेला चिरञ्जीविको हत्यामा संलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय बुटवलले कपिलवस्तु वाणगंगा ६ का २० वर्षीय राजु बिक, सोही ठाउँका ३३ वषीय रमेश बिक, २८ वर्षीय गोपाल खनाल र २४ वर्षीय बसन्त खत्रीलाई नियन्त्रणमा लिएको हो । 

null

नियन्त्रणमा लिइएकाहरुलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । उनीहरु हत्या गरिएका आचार्यको साथी भएको अनुसन्धानमा खुलेको छ । 

राजु र रमेश घटनाका मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ ।  

जेठ ६ गते आचार्यसहित ५ जना वाणगंगा नगरपालिका–६ लक्ष्मणघाट छेउको एक रेष्टुरेन्टमा मदिरा पिउन बस्छन् । मदिराकै तालमा एउटाले मोबाइल हराउँछ । त्यसपछि सुरु हुन्छ, एम थान मोबाइल र १३ हजार रुपैयाँको विषयमा विवाद । 

सोही क्रममा एकले अर्कालाई दोष लगाउँछन् । विवाद झन् बढ्छ । विवाद बढेपछि राजु र रमेशले आचार्यको हत्या गर्ने योजना बनाउँछन् । त्यसपछि आचार्यकै मोटरसाइकलमा ३ जना चढेर सालझण्डी पुग्छन् अनि सैनामैनामा रहेको शितलापुर सामुदायिक वनमा ढुंगाले हानेर चिरञ्जीविको हत्या गरी फरार हुन्छन् । 

आचार्यको शव जेठ ६ गते रुपन्देहीको सैनामैनामा रहेको शितलापुर सामुदायिक वनमा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *