अन्धाधुन्ध गोली चलाउँदा साथीको मृत्यु अन्य सात घाईते

बैशाख २५, अमेरिका ।  अमेरिकाको कोलोराडोस्थित एक विद्यालयमा दुई विद्यार्थीले  आफ्नो कक्षाकाेठामा अन्धाधुन्ध गोली चलाउदा एककोम मृत्यु हुनुको साथै ७ घाईते भएका छन् । 

 

गोली चलाउने दुई बन्दुकधारीलाई पक्राउ गरि सकिएको प्रहरी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयर्टले जनाएको छ । यसरी अन्धाधुन्ध गोली प्रहार गर्ने बन्दुुकधारी मध्ये एक जना १८ वर्ष भन्दा कम उमेरको रहेको प्रहरीले जनाएको छ । 

null

ह्याण्डगन बोकेका दुई बन्दुकधारीले आफ्नै कक्षाका एक साथीलाई गोली हानी हत्या गरेको र अन्य सात जनालाई घाइते बनाएका हुन्। यो घटना डेनवर नजिकै रहेको विज्ञान तथा प्रविधि विद्यालयमा घटेको हो । यस विद्यालयमा विज्ञान, प्रविधि, ईन्जिनियरिङ र गणितको पढाई हुने गरेको बताईएको छ । 

पक्राउ परेका उनीहरुमाथी थप अनुसन्धान स्थानीय प्रहरी अधिकारीले जानकारी दिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *