विप्लवका कार्यकर्ता मारिँदा ठुलो अनिष्ट टर्यो: प्रहरी

 

                                                           काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदी 

फागुन १० गतेः ललितपुरको नक्खुमा रहेको एनसेल टावरको कार्यालयमा बम विस्फोट, १ जनाको मृत्यू, २ घाइते । विस्फोटबाट एनसेल कार्यालय र नजिकको पसलमा समेत क्षति । 

null

फागुन १० गतेः कमलपोखरीमा प्रेसर कुकर बम फेला । कमलपोखरीस्थित आँगन रेष्टुरेन्टमा कालो झोलामा प्रेसर कुकर बम राखिएपछि स्थानीय आतंकित । 

फागुन ११ गतेः ललितपुरको नक्खुमा रहेको एनसेल टावरको कार्यालयमा बम आक्रमण गरिएकै राती मुलुकका विभिन्न २१ जिल्लामा एनसेलका टावरमाथि आगजनी र बम विस्फोट । 

फागुन २४ गतेः बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा शत्तिशाली विस्फोट, विस्फोटमा परी ४ जना घाइते, विस्फोटबाट घरमा क्षति । 

जेठ १२ गतेः सुकेधारा, घट्टेकुलो, नागढुङगालगायत काठमाडौंका विभिन्न स्थानमा भएका बम विस्फोटमा परी चारजनाको मृत्यु । सातजना घाइते । 

जेठ १३ः नेपाल बन्द घोषणा गरी, राजधानीका विभिन्न ठाउँमा बम । स्थानीय त्रसित, जनजीवन प्रभावित । 

आइतबार अपरान्ह काठमाडौंको सुकेधारा र घट्टेकुलोमा बम विस्फोट भएर ४ जनाको मृत्यु भएपछि महानगरीय प्रहरी कार्यालय, अपराध महाशाखा, काठमाडौं प्रहरी परिसर, सिआइबी र विशेष ब्युरोका टोली घटनास्थलमा नै गएर अनुसन्धान थालेका थिए । प्रहरीले व्यापक रूपमा सादा पोसाकमा प्रहरी परिचालन गर्याे । सादा पोसाकमा खटेका एक प्रहरीले विप्लव समुहका कार्यकर्ता लुकेर बसेको र विभिन्न स्थानमा बम विस्फोट गराउने योजना बनाएको पत्ता लगाए । 

‘नरेफाँटबाट बम बनाउँदै गर्दा कार्यकर्ता पक्राउ नपरेका भए, र सुकेधारामा र घट्टेकुलोमा बम बनाउँदा बनाउँर्दै बम विस्फोट नभएको भए, ती बम सर्वसाधारणको घर आँगनमा पड्कने थिए, त्यो अवस्थामा हुने ठुलो अनिष्ट टर्यो,’ काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए । 

रातको ८ बजे प्रहरी टोली नरेफाँट पुग्दा सशस्त्र र शादा पोशाकका प्रहरीले सो घर निगरानीमा राखिसकेका थिए । सानो कोठामा सबै सामान लुकाएर राखेकाले भेट्टाउन धेरै बेर लागेन । प्रहरीले विप्लवका कार्यकर्ता बम बनाउँदा बनाउँदै पक्राउ गरे । बम बनाउन तयारी गरिएका ४ कुकर र ७ जना विप्लव कार्यकर्तालाई प्रहरीले गिरफ्तार ग¥यो । तर, समयमा प्रहरीले यो गिरफ्तारी गर्न नसकेको भए उनीहरुले पड्काएका बमले काठमाडौंमा ठुलो धनजनको क्षति हुन सक्ने प्रहरीको अनुमान छ । 

राति बम बनाउने र राति नै विभिन्न स्थानमा लगेर राख्ने उनीहरूको योजना रहेको प्रहरीले जनाएको छ । अपरान्ह विस्फोट भएकै कारण स्थानीयले आशंका लागेका व्यक्ति देखेर प्रहरीलाई खबर गरेका थिए । सही समयमा सही सूचना पाएपछि सर्च गर्दा विप्लवका कार्यकर्ता पक्राउ गर्न सफल भएको प्रहरीको भनाइ छ । 

पक्राउ परेकाहरूले पार्टीको नीति अवलम्बन गरेर नेपाल बन्द सफल बनाउने अभियानमा आफूहरू लागेको प्रहरी समक्ष बताएका छन् । उनीहरूको साथबाट बरामद भएको प्रेसर कुकर ललितपुरको लगनखेल र ग्वार्कोमा भेटिएको प्रेसर कुकर बमसँग मिल्छ । 

उता आईतबार राती काठमाडौं चन्द्रागिरीस्थित आदिनारायण इँट्टाभट्टामा आफैंले बोकेको बम विस्फोट हुँदा दुई विप्लव कार्यक्रता गम्भीर घाइते भए । यदी त्यहाँ विस्फोट नभएको भए उनीहरुले सर्वसाधारणको आवतजावत हुने ठाँउमा बम राख्ने थिए । जसबाट ठुलो जनधनको क्षति हुने थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *