प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ५ अर्ब १ करोड, श्रम तथा रोजगार क्षेत्रलाइ ७ अर्ब १४ करोड

 

जेठ १५, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न रु ५ अर्ब १ करोड विनियोजन गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत रोजगार केन्द्रहरुमा सुचिकृत भएका बेरोजगार युवालाई सार्वजनिक विकास निर्माणमा परिचालन गर्ने ब्यवस्था गरिएको छ । 

आफ्नो गाउँ आफैं बनाउँ भावना अनुरुप विकास निर्माण र रोजगारी सृजना गर्ने कार्यक्रम बनाइएको छ । नेपाल सरकारबाट प्रदेश र स्थानीय तहमा जाने समग्र विषेश अनुदानमा निर्माण हुने विकास निर्माणमा समेत रोजगार सेवा केन्द्रबाट सिफारिस भइ आएका श्रमिकलाई उपयोग गर्नुपर्ने ब्यवस्था मिलाईएको छ । 

null

स्थानीय तहमा रोजगार केन्द्रमा सुचिकृत भएका मुक्त कमैया, हरुवाचरुवा, मुक्त कमलरी, लोपोन्मुख र विपन्न समुदाय, अपांगता भएका र खाद्य असुरक्षा भएका बेरोजगारहरुलाई रोजगारीका विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ । 

बैदेशिक रोजगारीमा जानेहरुलाई बैकिङ प्रणालीमार्फत विप्रेषण आय पठाउन र उत्पादक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गरिनेछ । श्रम तथा रोजगार क्षेत्रमा तर्फ ७ अर्ब १४ करोड विनियोजन गरिएको छ । 

सामाजिक सुरक्षा र नागरिक संरक्षणः सबै नागरिकलाई गर्भावस्था देखि बृद्धावस्था सम्मको जिवन चक्रलाई सामाजिक सुरक्षाको दायरामा ल्याइनेछ । गर्भावस्थामा स्वास्थ्य जाँच र पोषण बाल्यवस्थामा खोप र पोषणयुक्त आहार, बाल संरक्षण अनुदान, विद्यार्थी अवस्थामा निःशुल्क शिक्षा र छात्रबृत्ति, वयस्क अवस्थामा रोजगारी र सुरक्षा र बृद्धावस्थामा सामाजिक सुरक्षा भत्ता एवं निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *