राजधानी विवादमा विराटनगर बन्द

 

बैशाख २३, विराटनगर । प्रदेश १ सरकारले विराटनगरलाई प्रदेश राजधानी बनाउने निर्णय गरेसँगै सडक संघर्षमा उत्रिएका त्यहाँका राजनीतिक दल तथ पेशाकर्मीहरुले सोमबार अनिश्चितकालिन बन्दको घोषणा गरेका छन् । 

नेकपाको प्रदेश १ संसदीय दलको बैठकलले विराटनगरलाई प्रदेश राजधानी बनाउने निर्णय गर्दै त्यसको संरचना बृहत् विराट क्षेत्र विकास अन्तर्गतका इटहरी र सुन्दरहरैचामा राख्ने निर्णय गरेपछि त्यहाँका स्थानीयसहित विभिन्न दल तथा पेशाकर्मीहरु संघर्षमा उत्रिएका हुन् । 

null

प्रदेशका संरचनाहरु पनि विराटनगरमै राख्नुपर्ने उनीहरुको माग छ ।  

अनिश्चितकाली बन्दले त्यहाँको उद्योग, कलकारखाना तथा बजार खुलेका छैनन् भने लामो तथा छोटो दूरीका सवारी पनि सञ्चालनमा ल्याउन दिइएको छैन । यद्यपि, शैक्षिक संस्थाहरु भने खुला गरिएको छ । 

त्यस्तै आइतबार प्रदेश १ को राजधानी सुनसरीको धरानलाई बनाउन माग गर्दै विराटनगरमा धरानबासीले बृहत् प्रदर्शन गरेका थिए । 

धरान उपमहानगरपालिकाको अगुवाइमा धरानलाई राजधानी घोषणा गर्न माग गर्दै धरानवासीले प्रदेशसभा अगाडि सिट्ठी फुकेर प्रदर्शन गरेका हुन् । उनीहरूलेप्रदर्शन गरिरहेको छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *