बौद्ध–साँखु सडक खण्ड धुलाम्मे भएपछी देखियाे सर्वसाधारणमा यस्ताे राेग

 

जेठ ५, काठमाडाैँ ।  सडक निर्माण बर्षैदेखि अलपत्र भएको बौद्ध–साँखु सडक खण्डमा स्थानीयले आन्दोलन गरे । बौद्धका सर्वसाधारणको प्रदर्शनलाई पछ्याउदै चापागाउँ बासी र सुनाकोठीबासीले पनि सडक पिचको माग गर्दै प्रदर्शन गरे । 

काठमाडौंका सडकको धुलोका कारण सवारी व्यबस्थापनमा परेको समस्या वर्णन गरी साध्य छैन् । सडक फराकिलो बनाउने तथा पानीका लागि पाईप बिच्छाउने बहानामा सडक धुलाम्मे भैरहन्छन् । कतै कालेपत्रे भत्किएका ठाउँमा मर्मत नहुँदा त कतै बर्षाैदेखिका खाल्डाखुल्डी नपुरिदा काठमाडौं धुलमाडाैँ बनिरहेको हो । 

null

 

भत्काइएका सडक समयमै मर्मत नगरिनु, समयमै सडक मर्मत र विस्तार कार्य सम्पन्न नहुनु, सवारीसाधनको चाप अत्यधिक हुनु र विशाक्त धुवाँ फ्याक्ने पुराना यातायातका साधन विस्थापन नहुनाले उपत्यकावासी वर्षौंदेखि धुलो र धुवाँबाट आजित छन् । 

सडक मर्मत ढिलासुस्ती र अव्यबवस्थाले धुलाम्मे काठमाडौं सुध्रिएको छैन । धुलोका कारण दिनभर सर्वसाधारणले हैरानी खेप्दै आएका छन् । भत्किएका सडक, सडकमा गुडिरहेको हजारौं गाडीहरुबाट उडेका मासकले नछेक्ने छारो,काठमाडौंका पैदलयात्री तथा मोटरसाईकलमा सवार गर्ने चालकलाई महाभारत बनेको छ । 

‘बिहान नुहाईधुवाई गरेर बाहिर निस्कएर साँझ घर पुग्दा नचिनिने भइन्छ,’ पैदलयात्री भन्छन्, ‘बर्षैदेखि नटालिएका सडकमा सवारी साधनको चाप बढ्दा जाम दिनदिनै बढ्दै छ, धुलोले गर्दा स्वास्थ्यमा समस्या परेको छ । 

धुलोका कारण बच्चादेखि वृद्धवद्धासमेत प्रभावित भएको चिकित्सकहरुको भनाइ छ । ‘अहिले वृद्धवृद्धा र तन्नेरी मात्र होइन, बच्चामा पनि दमको समस्या अत्यधिक पाइएको छ,’ छातीरोग विशेषज्ञहरु भने, ‘धुलोले जनाताको स्वास्थ्यमा यति गम्भीर असर गरेको छ कि यसलाई कसैले गम्भीरतापूर्वक लिएकै छैनन् ।’ 

भिडियाे हेर्नुहाेस् 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *