नेपाल लाईफको १९औं बार्षिक साधारण सभा सम्पन्न

 

जेठ ५, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

नेपाल लाईफले जेठ ४ गते (शनिबार) वीरगञ्जमा १९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । 

null

बार्षिक साधारण सभाद्वारा शेयरधनीहरुलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर तथा प्रति शेयर रु.२३.५० (कर सहित) वितरणको प्रस्ताव पनि पारित गरिएको छ । 

बोनश शेयर वितरण पश्चात् कम्पनीको चुक्ता पूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक रु. ५४ अर्ब, ९९ करोड ६१ लाख ६० हजार ८ सय दश रुपैयाँ हुने कम्पनीका सचिव सन्तोष प्रसाईले जानकारी दिए । 

गोविन्द लाल संघईज्यूको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा स्वागत मन्तव्य एवं बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उनले समिक्षा बर्षमा कम्पनीले कुल बीमा शुल्क आम्दानीमा सर्वाधिक करिब ३२ प्रतिशत बजार हिस्सा हासिल गर्न सफल भएकोमा सम्बद्ध सबैमा हार्दिक बधाई एवं शुभकामना गरे । 

सभाबाट आर्थिक वर्ष २०७४÷०७५ को सञ्चालक समितिको बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरणहरु एवं कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावहरु सभाद्वारा स्वीकृत भएको छ । 

हाल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको लगानी रु ६७ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमा कोष ५९ अर्ब रुपैयाँ र शेयरधनी कोष १० अर्ब ४० करोडभन्दा बढी रहेको कम्पनीले जनाएको छ । 

कम्पनीमा १ लाख २२ हजार भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना करिब १ सय ७७ भन्दा बढी शाखा तथा उपशाखाहरूमार्फत् जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । 

हालसम्म स्वदेश र विदेश गरी झण्डैँ २५ लाख व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समय सापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने कम्पनीको प्रतिबद्धता छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *