जासुसीको आरोप लागेका व्यक्तिद्वारा जेलभित्रै आत्महत्या

बैशाख १७ ।  संयुक्त अरब इमिरेट्स (यूएई) को जासुसीको आरोप लागेका एक व्यक्तिले टर्कीको जेलमा आत्महत्या गरेका छन् । यसबारे टर्कीको सरकारी एजेन्सी एनादोलुले सोमबार जानकारी दिएको छ । 

 

तर ती युवकका दाइले उनको हत्या भएको बताउँदै भाइको बदनाम गरिरहेको दाबी गरेका छन् । टर्कीका मुख्य अभियोजकले मृतकको पहिचान जाकी हसनको रुपमा गरेका छन् । उनलाई राजनीतिक र सैन्य जासुसीका लागि राज्यको गोप्य दस्तावेज राखेको आरोपमा पक्राउ गरिएको हो । हसनका आफन्तका अनुसार उनीलगायत अन्य एक व्यक्तिलाई अप्रिल ४ र ५ तारिखमा पक्राउ गरिएको हो । 

null

यूएईको जासुसीको आरोप लागेका यी दुई कतै जमाल खसोग्गीको हत्यामा संलग्न त छैनन् भनेर पनि अनुसन्धान भइरहेको टर्कीका अधिकारीलाई उद्धृत गर्दै एनादोलुले बताएको छ । 

अभियोजकका अनुसार इस्तानबुल सिलिभ्री प्रिजनका सुरक्षाकर्मीले बिहान १० बजेर २२ मिनेट जाँदा खाना बाँड्न जाँदा हसनलाई देखेका हुन् । अभियोजकको कार्यालयले अनुसन्धान थालनी गरिएको जानकारी दियो । 

सिएनएनले यसबारे प्रतिक्रिया माग्दा यूएईले बोल्न अस्विकार गरेको छ । उनका परिवारका अनुसार हसन ९ सन्तानका प्यालेस्टिनी पिता हुन् । उनी गुप्तचरका अवकाशप्राप्त प्रमुख हुन् । उनी गाजास्थित प्यालेस्टिनी निकायका लागि काम गर्दथे । 

हसनलाई बुल्गेरियामा राजनीतिक शरण दिइएको थियो साथै मार्चमा उनको प्यालेस्टिनी पासपोर्टमा टर्कीमा बस्ने अनुमती दिइएको थियो । उनका दाइ, जकरिया हसनले सीएनएनलाई भने, ‘जाकीको हत्या गरिएको हो, उनले आत्महत्या गरेका होइनन् ।’ 

‘मेरा भाइ सहिद हुन् । उनको बदनाम गरिएको छ । उनीहरुले मेरो भाइको हत्यामात्रै गरेनन्, उनको बदनामसमेत गरिरहेका छन्,’ उनले भने । उनी ९ सन्तानका पिता थिए, राजनीतिक विज्ञानमा विद्यावारिधी गरेका र गुप्तचर निकायका अवकाशप्राप्त प्रमुख थिए । उनले किन आत्महत्या गर्छन् ?’ हसनले सीएनएनलाई भने । 

पक्राउ परेका दोस्रो व्यक्ति समर साबान भएको बताइएको छ । 

उनकी श्रीमती समिह साबानले समरले सन् २००८ मा गाजा छोडेको बताइन् । पछि हमासले उनीमाथि प्यालेस्टिनी प्रधानमन्त्री इस्मेल हानिएको हत्याको षड्यन्त्र रचेको आरोप लगाएको थियो तर उनका परिवार उक्त आरोप ठाडै अस्विकार गर्छन् । 

‘म मेरा श्रीमान्को तत्काल रिहाई चाहन्छु । उनको यसमा कुनै पनि संलग्नता देखिँदैन । यस्तो झुटो आरोपविरुद्ध लड्नका लागि टर्की सरकार र मिडियाले सघाउनु पर्छ,’ साबानले भनिन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *