वडा कार्यालय मै बाबुछोरालाई मरणासन्न हुने गरी कुटपिट

बैशाख २२, महोत्तरी । केटी भगाउन सहयोग गरेको भन्दै महोत्तरीको सोनमा गाँउपालिकामा बाबु छोरालाई वडा कार्यालय बाँधेर मरणासन्न हुने गरी कुटपिट गरिएको छ । 

 

कुटपिटबाट घाईते हुनेमा शंकर साह र रामु साह रहेका छन् । उनीहरुको शरीरमा निलडामहरु र घाउहरू भेटिएको छ । हाल उनीहरुको उपचार स्थानिय हस्पिटलमा भईरहेको प्रहरीले जनाएको छ । 

null

सोनमा गाँउपालिका १ की एक युवतीलाई भगाउन (बिहे गरिदिन) सहयोग गरेको र भागेको केटीलाई २४ घण्टाभित्र फिर्ता ल्याउन गाँउपालिका अध्यक्ष अशोक यादवले चेतावनी दिएपछी केटीलाई फिर्ता ल्याउन नसक्दा गाउँपालिका प्रमुख राजकुमार यादव, वडाध्यक्ष अशोक यादव र प्रमोद यादवले आफूहरुलाई हातखुटा बाँधेर मरणासन्न हुनेगरी कुटपिट गरेको पिडितहरुले बताएका छन् । 

तर गाउँपालिका प्रमुख राजकुमार यादवले भने वडा कार्यालयमा कुनै त्यस्तो कुटपिट जस्ताे गतिबिधी नभएकाे छलफल मिलाउन मात्र सहभागी भएको दावी गरेका छन् । 

घटना बैशाख १८ गते घटेपनी समाजका उच्च जनप्रतिनिधिहरु यसमा संलग्न देखिएको कारण घटनाको ढिलो उजुरी परेतापनि घटना सम्बन्धी आवश्यक  अनुसन्धान अघी बढाई सकि्एकाे प्रहरीले जानकारी दिएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *