नारायणी लिफ्ट सिँचाई प्रणालीलाई सञ्चालनमा ल्याइने
बैशाख २०, काठमाडौं । सरकारले सुनकोशी मरिन डाइभर्सन आयोजनाको निर्माण कार्य आगामी आर्थिक वर्षमा सुरु गरिने बताएको छ ।
सरकारको तर्फबाट आर्थिक वर्ष २०७६/०७७ को लागि सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्ने क्रममा राष्ट्रपति सो कुराको जानकारी गराएकी हुन् ।
null
यस्तै प्रदेश तथा स्थानीय तहको सहभागीतामा तराई मधेसका कृषियोग्य क्षेत्रहरुमा सौर्य उर्जामा आधारित भूमिगत सिँचाईं सुविधा उपलब्ध गराइने, आगामी आर्थिक वर्षमा माडी–दाङ डाइभर्सन आयोजना अध्ययन सम्पन्न गरी दुई वर्षभित्रै निर्माण सुरु गर्ने पनि संसदमा राष्ट्रपतिले जानकारी गराइन् ।
यस्तै सरकारले काली गण्डकी, तिनाउ र तमोर चिसाङ डाइभर्सन आयोजनाको अध्ययन कार्य सम्पन्न गरी सम्भाव्यताका आधारमा निर्माण कार्य सुरु गर्ने, कन्काई बहुउद्देशीय जलासययुक्त आयोजनाको अध्ययन कार्य सम्पन्न गरी निर्माण गर्ने, नारायणी लिफ्ट सिँचाई प्रणालीलाई पुनस्र्थापना र स्तरोन्नती गरी सञ्चालनमा ल्याउने कुरा पनि नीति तथा कार्ययोजनामा समेटेको छ ।
राष्ट्रपति भणडारीका अनुसार मानव बस्ती, कृषियोग्य जमिन र अन्य राष्ट्रिय महत्वका स्रोत र सम्पदालाई क्षति हुनबाट जोगाउन कोशी, त्रियुगा, कमला, नारायणी र कर्णाली लगायतका नदी किनारमा तटबन्ध निर्माण गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरिनेछ भने नदी प्रणाली व्यवस्थित गर्दा उपलब्ध हुने नदी उकास जन्यलाई उत्पादनशील ढंगले प्रयोग गरिने छ ।
त्यसैगरी बहुउपयोगी वन र ब्लग फरेष्ट विस्तार एवम् वैज्ञानिक वन व्यवस्थापन गरी वन संरक्षण तथा वन स्रोतको दिगो उपयोग गरिने, आगामी आर्थिक वर्षलाई वृक्षारोपण वर्ष घोषणा गरी काष्ट, गैरकाष्ट तथा फलफुलका विरुवा रोपण गरिने पनि राष्ट्रपतिले जानकारी गराइन् ।