विमानस्थल र सैनिक अड्डामा हमला

 

जेठ ८ ।  यमनको इरान समर्थित हुती विद्रोहीले साउदी अरबको एक विमानस्थल र सैनिक अड्डामा बम राखिएको ड्रोनमार्फत् हमला गरेका छन् । अहिलेसम्म कुनै जनधनको क्षतीको खबर भने प्रकाशित छैन । 

साउदी अबरको शहर नजरानमा यो हमला यस्तो अवस्थामा भएको हो जब इरानले युरेनियम सम्बद्र्धनको क्षमता बढाउने घोषणा गरेको छ । 

null

ड्रोन हमलाबारे हुतीको अल मसिराह स्याटलाइट न्यूज च्यानलले बताए अनुसार हुती विद्रोहीले कासेफ–२ को ड्रोनबाट नजरानमा एक एयरपोर्टलाई निशाना बनाएर हमला गरेको हो । नजरान रियादबाट ८४० किलोमिटर टाढा छ । यो साउदी अरब–यमनको सीमा नजिकै छ । 

हुती विद्रोहीले आजकाल यो शहरलाई निशाना बनाउँदै आएको छ । यसअघि साउदी सरकारी एजेन्सीले कर्नल तुर्क अल–मलिकीलाई उद्धृत गर्दै हुती विद्रोहीदले नजरानमा सिभिल साइटलाई लक्ष्य बनाउने कोसिस गरेको थियो । यद्यपी, उनले यसबारे विस्तृत जानकारी भने दिएनन् । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *