११ हजारभन्दा बढी कर्मचारी माग्दै लोकसेवा आयोग

२०७६ जेठ ६ गते

काठमाडौं, ६ जेठ । लोकसेवा आयोगले केही दिनभित्रै स्थानीय तहका लागि ११ हजार ३४६ जना कर्मचारी माग गर्दै सूचना निकाल्ने भएको खबर आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा अपुग कर्मचारीको विवरण आयोगमा पठाएपछि यस्तो गृहकार्य थालिएको हो ।
यसअघि मन्त्रालयले सबै स्थानीय तह ७ सय ५३ लाई रिक्त दरबन्दी संख्यासहितको विवरण पठाउन पत्राचार गरेलगत्तै ४ सय ३४ स्थानीय तहले ११ हजार ३ सय ४६ जना कर्मचारी अपुग रहेको विवरण मन्त्रालयलाई पठाएका थिए ।
null
आयोगका अनुसार ८० प्रतिशतभन्दा बढी खरिदार, नायब सुब्बा ‘प्राविधिक र प्रशासनिक’ का लागि भर्ना खुलाइनेछ । यसपछि क्रमशः अधिकृत र अन्य स्तरका कर्मचारी भर्नाका लागि विज्ञापन खोलिनेछ ।

२०७६ जेठ ६ गते
प्रतिक्रिया
सम्बन्धित