राजकुमार ह्यारीले आफ्नो पहिलो सन्तानको नाम यस्ताे राखे

 

बैशाख २६ ।  ब्रिटेनका ड्युक र डचेन अफ ससेक्स ह्यारी र मेगनले आफ्नो पहिलो सन्तानको नाम घोषणा गरेका छन् । 

जन्मिएको केही घण्टापछि ह्यारी र मेगनले आफ्नो छोराको नाम उनीहरुको आधिकारिक इन्स्टाग्राम अकाउन्टमा सेयर गरेका छन् । छोराको नाम आर्ची ह्यारिसन माउन्टब्याटन–विन्डसर राखिएको छ । 

null

हुन त नवजात शिशुको नाम राख्ने कुनै नियम छैन तर बेलायती शाही परिवारले आफू अघिका सदस्यलाई सम्मान गर्ने परम्परा छ । कतिले नयाँ शाही सन्तानको नाम आर्थर, एड्वार्ड साथै फिलिप (ह्यारीका हजुरबुवा) हुनसक्ने अनुमान गरेका थिए । तर कसैको पनि अनुमान मिलेन । 

‘पारम्पारिक नामको साटो उनीहरुले आफूलाई मनपरेको नाम छाने,’ सीएनएनका शाही संवाददाता म्याक्स फोस्टरले भने । ‘उनीहरुले आफ्नो पीढिलाई झल्काउने काम गरिरहेका छन् । उनीहरु इतिहास हेरिरहेका छैनन् । विगत होइन, वर्तमान हेरिरहेका छन् ।’ 

 

राजगद्दीका लागि लाइनमा सातौं स्थानमा रहेका आर्ची ह्यारिसनलाई तत्काल कुनै पदवी दिइनेछैन । बकिङ्घम दरबारले सिएनएनलाई बुधबार दिएको जानकारी अनुसार ड्युक र डचेज अफ ससेक्सले आफ्नो छोरालाई कुनै पदवी प्रदान गर्ने छैनन् । आर्चीले आफ्नो बुवाबाट ‘अर्ल अफ डम्बर्टन’ पद पाउने भएपनि उनका आमा–बुवाले यस्ता कुनै पनि पद छोरालाई नदिने संकेत दिएका छन् । एजेन्सी 

  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *