धरानमा ठूलाे परिमाणमा लागू औषध बरामद

 

जेठ १४, सुनसरी ।  सुनसरीको धरान उपमहानगरपालिका भानुचौक माईक्रो बस स्टेण्डबाट शसस्त्र प्रहरीले ठूलो  परिमाण लागु औषध बरामद गरेको छ भने लागुऔषध कारोबारमा  संलग्न  ब्यक्ति फरार भएका छन । 

शसस्त्र प्रहरी बल नेपाल सुरक्षा पोष्ट धरानका प्रहरी निरीक्षक ज्ञान बहादुर श्रेष्ठको कमाण्डमा सोमबार राती ८ बजे खटेको गस्ती टोलीको क्रममा रहेको शसस्त्र प्रहरीले शंका लागी चेकजाँच गर्दा लेदरको झोलामा लुकाई छुपाइ ल्याएको लागु औषध लुपिजेसिक १ सय ११ एम्पुल,एभिल १ सय १८ एम्पुल र डाईजल्याव १ सय ४ एम्पुल, सहितको ३१ प ६०७३ नम्बरको एउटा पल्सर मोटरसाईकल समात्न सफल भएका छन भने लागू औषध कारोबार गर्ने ब्यक्ति भने फरार भएका छन । 

null

 

प्रहरी निरिक्षक श्रेष्ठका अनुसार भानुचौकका मोटरसाईकललाई चेकजाँच गर्दा कारोबारी फरार भएपनि कारोबारीले प्रयोग गर्ने माोटरसाईकल, दुई वटा चाबी, हवाई कम्पनीका १ थान मोवाईल, नागरिकता तथा मोटरसाईकलको ब्लुबुक हराएको र जिल्ला ट्राफिक प्रहरी कार्यलय धरानबाट सिफारिसका लागी बनाईएको कागज, गाडीको इन्स्युरेन्स गरेको कागज लगायतका समाग्री बरामद हुनुका साथै ठुलो परिणममा लागु औषध बरामद गरिएको हो । 

सो क्रममा बरामद भएको नागरिकतामा धरान वडा नं ३ का नबिन राज राईको नाम समेत रहेको र तीनै ब्यक्ति लागुऔषधको ठूलाे कारोबारी भएको हुन सक्नुे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिगत २ बर्ष अघी पनि ती ब्यक्ति लागुऔषध मुद्धामा जेल जिवन बिताई सकेकाे छन् ।   

 

बरामद सामग्री तथा लागू औषध शसस्त्र प्रहरी बल नेपाल सुरक्षा पोष्ट धरानले धरान १३ का वडा अध्यक्ष नेत्र काफले तथा पत्रकाहरुको उपस्थिीतीमा ईलाका प्रहरी कार्यलय धरानलाई बुझाएको शसस्त्र प्रहरी निरिक्षक ज्ञान बहादुर श्रेष्ठले जानकारी दिए । पछिल्लो समय सुराकीको आधारमा तस्करहरु तथा लागू औषध कारोबारी तथा प्रयोग कर्ता धमाधम पक्राउ पर्न थालेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *