पशुपालनलाई व्यवसायिकरण गर्न बाच्छी वितरण

 

जेष्ठ १०, चितवन । पशुपालनलाई व्यवसायीकरण गर्ने उदेश्यका साथ चितवन रत्ननगर १२ का किसानहरुलाई गाईको वाच्छी वितरण गरिनुका साथै दुध उत्पादनमा अनुदान समेत वितरण गरिएको छ । 

रत्ननगर १२ वडा कार्यालयको चालु आर्थिक वर्षको विनियोजित वजेटबाट सोही वडाका ५ जना किसानलाई गाईको वाच्छी वितरण गरिएको हो । त्यसबाहेक अन्य १७ जना किसानहरुलाई दुध उत्पादनका आधारमा अनुदान वितरण गरिएको वडाध्यक्ष बीर वहादुर पाख्रिनलले जानकारी दिए । 

null

वडा कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी,वडाध्यक्ष पाख्रिनले किसानहरुलाई अनुदान रकम प्रदान गरे । गोकर्ण कुमार कार्की,गोविन्द धिताल,संगिता वस्ताकोटी,मिरा विक र भीम वहादुर तामाङलाई एक एक वटा पहिलो वेतको वाच्छी वितरण गरिएको हो । 

 

त्यस्तै एक वर्षमा २८ हजार ५ सय लिटर दुध उत्पादन गरेका कृषक किशोर वगालेलाई नगद २५ हजार रुपैया अनुदान रकम प्रदान गरिएको वडा सचिव रमेश ताम्राकारले जानकारी दिए । त्यस्तै ५ हजार लिटर भन्दा वढि दुध उत्पादन गर्ने २ जना कृषकलाई ४ हजार २५० रुपैया,४ हजार लिटर भन्दा वढि उत्पादन गर्ने ४ जना किसानलाई ३ हजार २५० र ३ हजार लिटर भन्दा वढि दुध उत्पादन गर्ने १० जना किसानलाई २ हजार २५० रुपैयाका दरले अनुदान प्रदान गरिएको वडा सचिव ताम्राकारले वताए । 

अनुदान वितरण कार्यक्रमका प्रमुख अतिथी रत्ननगर नगरपालिका उपमेयर विमला दुवाडीले नगर समृद्धीको आधार तय गर्न किसानलाई व्यवसायिकरण गर्नु पर्नेमा जोड दिईन् । नगर परिषदको पुर्व सन्ध्यामा उपमेयर दुवाडीले वडाको आवश्यकता अनुसार वजेट विनियोजन गर्नु पर्ने समेत वताईन् । विकास भनेको बाटो ढलमात्रै होईन् उपमेयर दुवाडीले भनिन् पशु, कृषि, स्वास्थ्यलाई ठाउँ अनुसार लगानी गर्नुपर्छ, तव मात्र नगर समृद्ध हुन्छ । 

अनुदान वितरण उपभोक्ता समितिका अध्यक्ष जनकराज पन्तको अध्यक्षतामा भएको कार्यक्रममा दुग्ध उत्पादक सहकारी संघ चितवनका सचिव किशोर वगाले,रत्ननगर १२ का वडाध्यक्ष बीर वहादुर पाख्रिन, रत्ननगर ३ का वडाध्यक्ष गुप्तनाथ भट्टराई,कार्यपालिका सदस्य निर्मला खड्का, नगरपालिका पशु सेवा शाखा प्रमुख शालिकराम पौडेल लगायतले मन्तव्य राखेका थिए । 

रत्ननगर नगरपालिकाले चालु आर्थिक वर्षमा ५८ लाख रुपैया पशु विकास क्षेत्रमा विनियोजन गरेको छ । जस मध्ये १० लाख रुपैया पशु सुत्केरी भत्ता,१० लाख गौशाला निर्माणमा खर्च गरिदै छ । १० लाख मध्ये ४ लाख रुपैया पशु सुत्केरी भत्ता वितरण गरिएको पशु सेवा शाखा प्रमुख पौडेलले वताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *