हरेक महिना माेदीकाे मेकअपमा ८० लाख खर्च हुनुकाे वास्तविकता यस्ताे छ

बैशाख २९, भारत ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा भिडियो सोसल मिडियामा निकै भाइरल भइरहेको छ । यसमा उनको मेकअपमा हरेक महिना ८० लाख भारु खर्च हुने दाबी गरिएको छ । 

 

करिब ४५ सेकेन्डको यो भिडियोमा केही ब्युटिसियन र स्टाइलिस मोदीको वरिपरि देखिन्छन् । फेसबुक र ट्वीटरमा यो भिडियो हज्जारौं पटक हेरिसकिएको छ भने सयौं पटक सेयर गरिएको छ । 

null

धेरैले सोसल मिडियामा यो भिडियोसँग लेखेका छन्, ‘यी गरिबका छोरा मेकअप गराइरहेका छन् । आइटीआईमार्फत् खुलासा भएको छ कि यस्तो श्रृङ्गारका लागि ब्युटिशियनलाई ८० लाख भारु प्रतिमहिना तिनुपर्छ ।’ 

गुरुग्राम कांग्रेसको आधिकारिक फेसबुक पेजमा पनि यो भिडियो यसै दाबीसहित पोष्ट गरियो जसलाई करिब ९५ हजार पटक हेरिसकिएको छ । तर बीबीसीले आफ्नो अनुसन्धानमा भिडियो त सही भएको तर यसलाई गलत सन्दर्भसहित सेयर गरिएको पत्ता लागेको छ । साथै भिडियोमा जो व्यक्ति मोदीसँग देखिएका छन् ती उनका नीजि मेकअप आर्टिस्ट नभएको पत्ता लागेको छ । 

भिडियोको वास्तविकताः 

जुन भिडियोलाई मोदीको मेकअपको भिडियो बताइएको छ त्यो वास्तवमा सन् २०१६ मार्चको हो । यो भिडियो लण्डनस्थित म्याडम तुसाद म्युजियमले जारी गरेको थियो । सन् २०१६ मार्च १६ मा म्याडम तुसादले आफ्नो आधिकारिक युट्युब पेजमा यो भिडियो पोष्ट गरेको थियो । 

  

म्याडम तुसाद म्युजियम अनुसार यो भिडियो भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैनको मूर्ती बनाउने बेला सुट गरिएको थियो । एजेन्सी 

  

Indian Prime Minister, @narendramodi will be joining the ranks of world leaders here at @MadameTussauds #London pic.twitter.com/Bok9nT9LXT 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *