राप्तीमा विद्यालय वरिपरि सुर्तीजन्य पदार्थ बेच्न रोक

वैशाख २० चितवन । चितवनको राप्ती नगरपालिकाले विद्यालय वरिपरि सुर्तिजन्य पदार्थ र मादक पदार्थ वेचविखन गर्न तथा सेवन गर्न रोक लगाएको छ । 

 

विद्यालय हातादेखी एक सय मिटर वरिपरि सुर्तिजन्य तथा मादक पदार्थ वेचविखन गर्न नपाउने निर्णय गरिएको राप्ती नगरपालिकाकी मेयर प्रभा वरालले जानकारी दिईन् । 

null

नगर शिक्षा समितिको पछिल्लो वैठकले विद्यालय हातादेखी एक सय मिटर वरिपरि ति पदार्थ वेचविखन गर्न नपाउने निर्णय गरिएको नगर शिक्षा समिति अध्यक्ष समेत रहेकी मेयर वरालले वताईन् । राप्ती नगरपालिकामा ५० वटा सामुदायिक तथा १० वटा संस्थागत विद्यालय छन् । १५ दिन सम्म सवैलाई जानकारी होस भनेर समय दिईएको छ । 

त्यसपछि नगरस्तरबाट अनुगमन गरिने मेयर वरालले वताईन् । पहिलो र दोश्रो चरणमा अनुगमन गर्दा अटेर गरेको पाईए सम्झाई वुझाई गरिने र तेश्रो चरणमा फेला परे कारवाही प्रक्रिया अघि वढाईने उनले जानकारी दिईन् । 

अनुगमनमा विक्री गरेको र सेवन गरेको दुवै फेला परेमा उनीहरुलाई कारवाही हुने मेयर वरालको भनाई छ । त्यस्तै वैठकले विद्यालय जाने उमेर समुहका सवै वालवालिकालाई अनिर्वाय विद्यालय भर्ना गरि उनीहरुको पढ्न पाउने अधिकारलाई सुनिश्चित गर्ने निर्णय समेत गरिएकाे छ । राप्ती नगरपालिका कार्यपालिका सदस्य एवंम् सामाजिक विकास समिति संयोजक पुष्पा कुँवर विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै नगरपालिकाले विद्यालय वरिपरि सुर्तीजन्य तथा मादक पदार्थ विक्रीमा रोक लगाएको वताउँछिन् । 

दुर्व्यसनीमा धेरै विद्यार्थी फसेका छन् सामाजिक विकास समिति संयोजक कुँवर भन्छिन् – सानै उमेरमा दुर्व्यसन सिकारबाट वञ्चित गराउन नगरपालिकाले प्रयास गरेको छ,यो कार्यान्वयन हुन्छ । 

कतिपय ठाँउमा शिक्षकले पनि यस्ता पदार्थ सेवन गर्दा विद्यार्थीमा मानसिक असर पर्ने भएकाले नगरपालिकाको निर्णयमा सवैको साथ मिल्ने उनको विश्वास छ । नगरपालिकाले निर्णय गरिसकेकाले अव विद्यालयहरुले पनि स्वत निर्णय गर्नु पर्ने कुँवरले वताईन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *