यी खाद्य वस्तुबाट पनी सुन्दर हुन सकिन्छ

बैशाख २५ ।  सुन्दर हुनु जो कसलाई मन हुन्छ । महिला होस् या पुरुष सुन्दर भएर सबैको दृष्टि आफूतिर केन्द्रित होस् भन्ने चाहना राख्छन् । कति व्यक्तिहरु यही सुन्दरताको लागि मंहगो कस्मेटिक तथा औषधीहरु पनी प्रयोग गरी रहेका हुन्छन् । हामीले हाम्रो भान्छाघरमा पाईने केही खाद्य बस्तुले पनी हाम्रो सौन्दर्य बढाउन सक्छौँ । ती खाद्य बस्तुहरु के–के हुन् तल दिईएको छ । 

 

काँक्रा: काँक्राले नेचुरल क्लीन्ज्रको काम गर्छ । तैलीय स्किनहुनेहरुको लागि धेरै लाभदायक हुन्छ । काँक्राको रसमा चन्दन पाउडर मिलाई पेस्ट बनाउनुहोस् । यसलाई अनुहारमा लगाउनुहोस् र केही समय पछि धुनुहोस् । यसको नियमित प्रयोगले अनुहार फ्रेथलेस हुन्छ । यस बाहेक काँक्राको रसमा गुलाबजल र कागतीको रस मिलाएर अनुहारमा लगाउँदा अनुहारको छाला चम्किलो हुन्छ । 

null

आलु: आलुको पातलो पिस आँखामा राख्दा थाकेको आँखा लाई आराम मिल्छ । काचो आलुको रस आँखाको बाक्लो कालोपनालाई हटाउँछ । आलु उमाली सके पछि बचेको पानी नफ्याक्नुस, यसमा केही बेर हात डुबाएर राख्नुहोस फेरी सफा पानीले धुनुहोस् । तपाईको हात सफा अनि कोमल हुन्छ । 

टमाटर : टमाटरको रसमा कागतीको रस मिलाई लगाउदा स्कीन प्वालहरुको समस्या हटाउँछ । तैलीय स्कनिका लागि टमाटरलाई आधा काटेर अनुहारमा रगड्नुहोस । केही समय पछि अनुहार सफा पानीले धुँदा बढि भएको तैलीयपना हटाउँछ । 

मूला : सलादको शान मानिने मूला तपाइको ओइलिएको अनुहारलाई प्राण दिन्छ । मूलाको रसमा नौनी मिलाई नियमित अनुहारमा लगाउनाले सुख्खापन तथा जलन ठिक हुन्छ । मूलाको रसले अनुहारको ब्ल्याकहेड्स बाट पनि छुट्कारा दिलाउँछ । 

पुदिना: बास्नादार पुदिनाले अनुहारको कालो कोठीको समस्याबाट मुक्ति दिन्छ । पुदिनाको पेस्टमा चंदनको धुलो र मुल्तानी माटो मिलाई अनुहारमा लगाउनुहोस् । सुके पछि धुनुहोस । यसको नियमित प्रयोगले डण्डीफोर र कालोकोटीहरुको समस्या बाट मुक्ति दिलाउँछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *