फोरमसँग हात मिलाउँदै बाबुरामले भने, ‘कांग्रेस र कम्युनिष्ट निभ्न लाग्या दियो’


बैशाख २३, काठमाडौं । समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी एकतामार्फत् संघीय समाजवादी धार निर्माण गर्न खोजिएको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित पार्टी एकता समारोहलाई सम्बोधन गर्दै उनले परिवर्तनका बाँकी कार्य अघि बढाउन पार्टी एकता गरिएको स्पष्ट पारे । ‘नयाँ समाजवादी धार नेपालमा उदाउँदै छ । हिमाल, पहाड र मधेसका जनतालाई वैज्ञानिक ढंगले जोड्न हामीले एकता गरेका हौँ,’ उनले भने ।
null
यस्तै उनले जनताको अधिकार कुनै पनि हालतमा नछोड्ने पनि दाबी गरे । , उनले भने, ‘हाम्रा कोही पनि साथीहरु सुविधा भोग गर्नका निम्ति, भ्रष्टाचार गर्नका निम्ति सरकारमा जानुहुन्न। जान दिन पनि सक्दैनौं ।’
घोषणा सभामा उनले कांग्रेस र कम्युनिष्ट निभ्न लागेको बत्ती भएको टिप्पणी गर्दै उनले भने, ‘हिजो विभिन्न क्रान्तिकारी पार्टीका अग्रगामी कित्ता आज फरक रुपमा क्रान्ति अगाडि बढाउन समाजवादी पार्टी बनेको छ। अर्को कित्ता पश्चगामी रुपमा नेकपा र कांग्रेसहरु छन्। यी दुवै निभ्ने बेलाका बत्ती हुन्। हिजो स्टालिनो पाला देखि तानाशाही हुँदै कमाउनिस्ट भएका छन्।’
