चुल्होको आगो एक्कासी सल्केर आगलागी, एकैघरका तीनजनाको मृत्यु

बैतडी, ९ जेठ । बैतडीको पुर्चौंडीमा एकैघरका तीनजनाको जलेर मृत्यु भएको छ । पुर्चौडी नगरपालिका ५ कुवाकोट घर भई पुर्चौडी नगरपालिका ७ बसपार्कमा टहरा बनाइ बस्दै आएका अन्दाजी ४५ बर्षीय करे लुहारसहित उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहारको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

 

खाना खाई टहरामा सुतेका बेला चुल्होको आगो एक्कासी सल्केर आगलागी हुँदा लुहार परिवारको मृत्यु भएको हो । बुधबार राति करीब पौने १० बजेतिर आगो लागेको भएपनि करे लुहारको परिवारलाई बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए । 

null

प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपनि प्रहरी र स्थानीय घटनास्थल पुग्दा उनीहरु जलीसकेका थिए । उनीहरुको स्थानीय र प्रहरी मिलेर शव मात्रै बाहिर निकाल्न सकेका थिए । मजदुरी गरेर तथा मागेर जीवन निर्वाह गर्दै आएका लुहार परिवार गएको ७ बर्ष यता बसपार्कमा टहरो बनाइ बस्दै आएको पुर्चौडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोद कुँवरले बताए । 

घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीको नेतृत्वमा घटनास्थलमा प्रहरी टोली खटिएको बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *