ब्राजिलकाे जेलमा रहेका ४२ कैदी मृत अवस्थामा

 

जेठ १४ ।  उत्तरी ब्राजिलका छुट्टाछुट्टै ३ जेलमा सोमबार ४२ जना कैदीको मृत्यु भएको छ । सोही सहरको अर्काे जेलमा झडप हुँदा १५ को मृत्यु भएको दोस्रो दिन यस्तो घटना सार्वजनिक भएको हो । 

यो घटना एमेजन राज्यको राजधानी मेनोसमा राज्यमा भएको बताइएको छ । सो क्षेत्रमा पर्ने एनिसो जोबिन पेनिटेन्शियरी कम्पलेक्समा आइतवार कैदीहरूसँग भेटघाट गर्ने समयमा झडप भएको थियो। मृत कैदीहरू तीखो कुनै चिजले घोचिएका र घाँटी थिचिएको अवस्थामा थिए । 

null

दुई वर्षअघि सोही कारागारमा ५६ जना मारिनेगरी कैदीहरूबीच झगडा भएको थियो। त्यसलाई ब्राजिलका जेल भएका नराम्रामध्येको एक घटनाको रूपमा लिइन्छ। 

ब्राजिलमा जेलको क्षमता भन्दा ३ गुण बढी कैदिहरु रहेका छन् । त्यहाँ हालसम्म करिब ७ लाख १२ हजार भन्दा बढी कैदिन रहेका छन् । जसका कारण कारागारहरू कोचाकोच हुन्छन् भने कैदीहरूबीच झगडा हुनुका साथै कहिलेकाहीँ जेल तोडेर भाग्ने प्रयास पनि हुने गर्छ। एजेन्सी  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *