यामाहाको महा एक्सचेन्ज मेला हुँदै

वैशाख २५ चितवन । चितवनको लागि यामाहा ब्राण्डका मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता कालिका मोटरसाइकल पार्टसले यामाहा महा एक्सचेन्ज मेला मेला गर्दैछ । 

 

रत्ननगरको सौराहा चोक ट्याम्पु पार्कमा बिहिबार २६ गते देखि सुरु हुने मेला आउँदो २९ गतेसम्म चल्नेछ । मोटरसाइकल तथा स्कुटर पारखीहरुलाई यामाहा ब्राण्डमा अपग्रेड हुन आह्वान गर्दै हालसम्मकै ठूलो एक्सचेन्ज मेला आयोजना गरिएको पार्टसका प्रबन्ध निर्देशक उत्तम अधिकारीले जानकारी दिए । मेलामा जुनसुकै ब्राण्डका मोटरसाइकल लगेर एक्सचेन्ज गरी नयाँ यामाहा बाइक तथा स्कुटर चढेर जान पाइनेछ । 

null

यामाहा ब्राण्डको मोटरसाइकल वा स्कुटरसँग कुनै पनि ब्राण्डको पुरानो मोटरसाइकल र स्कुटर एक्सचेन्ज गर्दा राम्रो मूल्यांकन गरिने कम्पनीले जनाएको छ । अहिलेको समय पुराना मोटरसाइकल वा स्कुटर साटेर प्राविधिक रुपमा अत्याधुनिक यामाहामा अपग्रेड हुने सबैभन्दा राम्रो अवसर हो,’ कालिका मोटरसाइकल पार्टसका शाखा प्रबन्धक रामचन्द्र कोइरालाले भने । मेला अवधिमा ग्राहकले जुनसुकै ब्राण्डका पुरानो मोटरसाइकल साथै स्कुटरको सबैभन्दा उच्चतम मूल्यांकन पाइने कम्पनीको दावी छ । 

मेलामा यामाहा ब्राण्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहक लाई एक लाखसम्म क्यास छुट दिने अफर पनि छ । यसले ग्राहकलाई अझ धेरै उत्साहित बनाउने कम्पनीको विश्वास छ । मेलमा ‘अन द स्पोट फाइनान्स फ्यासिलिटि ’ पनि दिइएको छ । कुनै बाइक, स्कुटर किन्दा फाइनान्स गर्न चाहानेलाई कम्पनीले मेला स्थलमै फाइनान्स सुविधा उपलब्ध गराउनेछ । यस्तै बाइक खरिद गर्दा  निःशुल्क एक्सेसररिज पनि ग्राहकलाई दिइनेछ भने विभिन्न आकर्षक उपहारहरुको पनि व्यवस्था गरिएको छ । 

मेलामा बाइकको फ्रि चेक अप क्याम्प पनि सञ्चालन गरिँदैछ । महाएक्सचेन्ज मेलामा म्युजिकल प्रोग्राम, फ्रि लाइसेन्स ट्रायल, टेस्ट राइड, राइड कम्पिटिसन, डोर प्राइज र फुडस्टल पनि राखिने छ । मेलामा एक्सचेन्जका अलावा जुनसुकै ब्रान्डका मोटरसाइकलको फ्रि वाश र फ्रि चेकअप पनि हुनेछ । महाएक्सचेन्ज मेला यामाहाको हालसम्मकै ठूलो मेला हुने अपेक्षा कालिका मोटरसाइकल पार्टसले लिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *