कैलालीकाे इलेक्ट्रोनिक्स गोदाममा आगलागी

 

जेठ ३, धनगढी । कैलालीको बर्दगोरीयाको बौनियाँस्थित बजारको एक इलेक्ट्रोनिक्क्स गोदाममा आगलागी भएको छ । 

बर्दगोरीया गाउँपालिका–१, सडकपुरस्थित बौनियाँ बजारस्थित स्थानीय व्यापारी प्रकाश नाथको इलेक्ट्रोनिक्स गोदाममा आगलागी भएको हो । 

null

लम्की चुहा नगरपालिका र घोडाघोडी नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीहरुको सक्रियतामा करिब २ घण्टामा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

 

गोदाममा भएका फ्रिज, पंखा, मोटर, राइस कुकरलगायत विद्युतीय समाग्रीहरु तथा घरभित्ररहेका सबै सामानहरु समेत जलेर नष्ट भएको बताइएको छ। 

क्षति एकिन विवरण आउन बाँकी छ । आगलागीको कारण खुल्न सकेको छैन । विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीको अनुमान छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *