चीनमा भवनकाे काम गर्ने क्रममा करेन्ट लागेर एक नेपालीको मृत्यु

 

जेठ १४ ।  सङ्खुवासभा–सीमावर्ती चीनको देन्दाङ शहरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकालु गाउँपालिका–२ का अमरबहादुर खुम्बू रहेको प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । 

खुम्बू चीन सरकारले निर्माण गर्दै गरेको नयाँ निकुञ्ज भवनमा काम गर्ने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए । खुम्बूलाई उपचारका लागि खाँदबारी ल्याउने क्रममा भोटखोला गाउँपालिका–१ मा आइपुग्दा आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ । उनको खुम्बूको शवपरीक्षणका लागि हेलिकोप्टरबाट सोमबार जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ । 

null

उनको मृत्यु शङ्कास्पद भएको भन्दै निष्पक्ष छानबिन नभएसम्म शव नबुझ्ने परिवारको भनाइ छ । खुम्बूको शरीरमा चोटपटक र नीलडाम देखिएकाले मृत्यु शङ्कास्पद भएको परिवारले जनाएको छ । 

त्यस्तै चीनको चङ्गा शहरको सडकमा काम गर्न गएका सभापोखरी गाउँपालिकाका–१ का मनिष गिरी घाइते भएका छन् । सडकमा ढलान गर्ने क्रममा त्यहाँ रहेको उपकरणले उनको दाहिने हातको सबै औंला काटिएको र उपचारका लागि हेलिकोप्टरबाट जिल्ला अस्पताल खाँदबारी ल्याइएको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *