अन्ततः भरतपुर गोन्द्राङको ढाट नहट्ने

जेठ ११, चितवन । चितवनको भरतपुर गोन्द्राङ स्थित सडक उपभोग दस्तुर संकलन केन्द्र (ढाट) तत्कालका लागि नहट्ने भएको छ । सडक वोर्ड नेपालले तत्कालका लागि ढाट नहटाउन ठेक्काको जिम्मा पाएको व्रिटानिक मौलाकालिका कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिलाई पत्र पठाएको छ । 

प्रालिका सञ्चालक अमृत भट्टचनले सडक वोर्ड नेपालबाट आफुलाई पत्र पठाएको जानकारी दिए । पूर्वी चितवनवासीहरुलाई अहिले शुल्क नलिएको तर प्रमुख जिल्ला अधिकारी सँग छलफल गरेपछि निर्णय गरिने भट्टचनले बताए । 

 

null

गोन्द्राङ ढाट हटाउनु पर्ने माग गर्दै पूर्वी चितवनका स्थानीय तथा व्यवसायीहरुले केन्द्रमा समेत आगजनी गरेका थिए । सो क्रममा प्रहरी सहायक निरीक्षक कल्पना खड्का जलेर घाईते भएकी थिइन् । उनको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ । पूर्वी चितवनवासीहरुले शुन्य दुरीमा ढाट राख्नु पर्ने बताउँदै आएका छन् । सडक वोर्ड नेपालले पूर्व सम्झौता अनुसार गोन्द्राङमै ढाट राख्न भनेको छ । गोन्द्राङमा ढाट राख्दा वर्षौदेखी पूर्वी चितवनवासीले काम परेर भरतपुर फर्कदा सडक उपभोग दस्तुर तिर्दै आएका छन् । 

तर पूर्वी चितवनका व्यवसायीहरुले यसअघिका ठेकेदारसँग गरेको सम्झौता अनुसार यहाँका व्यवसायी र मोटरसाईकललाई कर नलिने सहमती भएको थियो । गोन्द्राङ ढाटमा आगजनी गरेको आरोप लागेका तीन जना धरौटी तिरेपछि रिहा भईसकेका छन् । प्रहरीले भने आगजनीका मुख्य आरोपितलाई खोजी रहेको जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *