मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

बैशाख २३, वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१५ ब्रहम चोकमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक व्यक्तिको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाईकल चालक बाराको बारागढी गाउँपालिका–४ सुखिपाथरा बस्ने  ५० वर्षिय  दीलिप साह रहेका छन् । 

गएराती ९ बजे ना ३८ प ९३३० नम्बर भएको साहको मोटरसाइकल ना २३ प ८९९ नम्बरको मोटरसाइकलसँग ठोकिन्दा उनी गम्भिर घाईते भएका थिए । 

null

दुर्घटनापछी गम्भिर घाईते भएको उनको उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *