प्रेसलाई कुण्ठित गर्ने तपाईंको विधेयक फिर्ता लैजानुस्ः बालकृष्ण खाँड
मकालु खबर
२०७६ जेठ १ गते
बैशाख ३१, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले प्रेसलाई कुण्ठित गर्न खोजेको आरोप लगाएका छन् ।
मंगलबारको प्रतिनिधि सभाको बैठकको छलफलमा भाग लिँदै उनले यस्तो आरोप लगाएका हुन् । सरकारले संविधानको मर्मविपरित मिडिया काउन्सिल विधेयक ल्याएको उनको भनाइ छ ।
null
संसदमा उनले भने, ‘संविधानको धारा १७ को १ (क) मा विचार, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता र सञ्चारको हक राखिएको छ । सरकार त्यसविरुद्ध गएको छ । मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रेसलाई कुण्ठित गर्ने खालको छ त्यसैले यो फर्काएर लैजानुहोस्’
जेष्ठ नागरिकको हक, शिक्षाको हक तथा शिक्षा सम्बन्धी संविधानमा उल्लेखित व्यवस्था व्यवहारमा कार्यान्वयन गर्नका लागि आवश्यक योजना तर्जुमा गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए ।
मकालु खबर
२०७६ जेठ १ गते
प्रतिक्रिया
सम्बन्धित