क्रसर निर्माणमा कुनै संलग्नता छैनः मेयर श्रेष्ठ

 

बैशाख २९, चितवन । कालिका नगरपालिका–८ मा निर्माण गर्न लागिएको क्रसर उद्योगलाई संरक्षण दिएको भन्ने समाचारप्रति कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले आपत्ति जनाएका छन् । 

क्रसरलाई संरक्षणमा आफ्नो नाम किटेर प्रकाशित भएको समाचार प्रति मेयर श्रेष्ठले विज्ञप्ती जारी गर्दै आपत्ति जनाएका हुन् । 

null

क्रसरमा आफ्ना र केही वडाध्यक्षहरुको समेत संलग्नता रहेको भनि केही सञ्चार माध्यमले समाचार प्रकाशन र प्रसारण गरेको भन्दै सत्य तथ्यमा आधारित रहेर पत्राकारिता गर्न आग्रह गरिएको विज्ञप्तीमा उल्लेख छ । 

खानेपानीको मुहानै सुक्ने गरी क्रसर उद्योग सञ्चालन गर्न लागिएकोमा नगरपालिकाले गम्भीर रुपमा लिई आवश्यक छानविन गरी कारवाही प्रक्रिया अगाडी बढाइने मेयर श्रेष्ठले बताएका छन् । 

नगरपालिकाले खानेपानीको तत्काल प्रबन्ध गर्न र क्रसर निर्माण कार्य तत्काल बन्द गर्न समेत निर्देशन दिइसकेको उनको दाबी छ । 

क्रसर उद्योग दर्ता, सञ्चालनका लागि नगरपालिकालाई अधिकार नभएको उल्लेख गर्दै यस विषयलाई जोडेर आएको समाचारले आफूहरुको चरित्र हत्या गर्न खोजिएको विज्ञप्तीमा उल्लेख छ । 

केही दिन अघि विभिन्न सञ्चार माध्यममा क्रसर उद्योग निर्माण गर्दा खानेपानीको मुहान नै सुकेर पानीको हाहाकार भएको समाचार प्रकाशन र प्रशारण भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *