तरुण दल सुनसरीद्वारा निःशुल्क खानेपानी तथा सर्वत वितरण

बैशाख २४, इटहरी । युवाहरुलाई साामजिक काममा अभिप्रेरित गराउँदै आएको नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दल सुनसरीले आज सुनसरीका तीन शहरमा निःशुल्क खानेपानी तथा सर्वत वितरण गरेको छ । 

 

केहि दिन देखि सुरु भएको प्रचण्ड गर्मीका कारण बटुवाहरुलाई समेत हिँड्न सास्ती भइरहेको देखेपछि तरुण दल सुनसरीले धरान, इटहरीको तरहरा तथा इनरुवामा शुद्ध खानेपानी तथा सर्वत पानी वितरण गरेको हो । 

null

तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङले प्रचण्ड गर्मीका कारण दिउँसो आम नागरिकलाई काम गर्न र गन्तब्यमा पुग्न समेत असहज भइरहेको देखेपछि आफुहरुले निःशुल्क खानेपानी तथा सर्वत वितरण गरेको बताए । उनले यो कार्य आवश्यक्ताका आधारमा अन्य क्षेत्र र दिनहरुमा समेत गरिने बताए । 

‘केहि दिन यता यहाँ प्रचण्ड गर्मी बढेको छ, गर्मीका कारण दिउसो बजार चोकमा निस्कन समेत समस्या छ । गर्मीमा आ–आफ्ना गन्तब्यमा हिँडेका यात्रुहरुलाई सहज होस भनेर तथा युवाहरुलाई सामाजिक क्षेत्रका लाग्न अभिप्रेरित गर्ने उद्देश्यले निःशुल्क खानेपानी तथा सर्वत वितरण गरेका हौं ।’ उनले भने । 

पछिल्लो वर्षहरुमा सुनसरी तरुण दलले युवाहरुलाई सामाजिक काम गर्न उत्प्रेरणा दिँदै आएको छ । दुई वर्ष अघि तराईका विभिन्न क्षेत्रमा आएको भिषण बाढीबाट आक्रान्त जनतालाई राहत वितरण र उनीहरुको पुर्नस्थापनामा तरुण दल सुनसरीले उदाहरणीय कार्य गरेको थियो । तरुण दल सुनसरीले अन्य समयमा पनि विभिन्न सामाजिक काम गर्दै आइरहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *