७ जनालाई सुनको सिक्का उपहार !

 

जेठ १३, चितवन । यामाहाको मोटरसाईकल र स्कुटर खरिद गर्दा पूर्वी चितवनका ७ जनाले सुनको सिक्का उपहार पाएका छन् । खैरहनी–८ पर्सा स्थित कालिका मोटरसाईकल पार्टसबाट मोटरसाईकल र स्कुटर खरिद गरेकाहरु मध्ये ती ७ जनालाई सुनको सिक्का उपहार परेको हो । 

नयाँ वर्ष २०७६ को अवसरमा आयोजित सुनौलो उपहार योजना अन्र्तगत पछिल्लो पटक खैरहनीका टिका प्रसाद सिवाकोटीलाई ५ ग्रामको सुनको सिक्का परेको कालिका मोटरसाईकल पार्टसका सेल्स मेनेजर सुदिप लामिछानेले जानकारी दिए । उनले कालिकाबाट मोटरसाईकल खरिद गरेका थिए । 

null

उपहार योजना अन्र्तगत सिवाकोटीसहित दुर्गाकुमार सिंह, वीरबहादुर विक, इशा चौधरी, श्रीकृष्ण चौधरी, शुभम बान्तना र राजन अधिकारीलाई पनि सुनको सिक्का उपहार स्वरुप प्राप्त भएको थियो । 

कालिका मोटरसाईकल पार्टसले प्रत्येक मोटरसाईकल र स्कुटर बिक्रीबाट रु २ सय छुट्याएर कालिका यामाहा कोष समेत स्थापना गरेर विपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीहरुको पठन पाठनमा सहयोग गर्दै आएको छ । वि.सं. २०७२ सालमा स्थापना गरिएको कोषमा हाल सम्म ८ लाख भन्दा बढी रकम संकलन भईसकेको कोषका अध्यक्ष एवंम् कालिका मोटरसाईकल पार्टसका प्रबन्ध निर्देशक उत्तम अधिकारीले जानकारी दिए । सोही कोषमा जम्मा भएको रकमको व्याजबाट पठन पाठनमा सहयोग गर्दै आएको अधिकारीले बताए । 

पछिल्लो पटक कालिका मोटरसाईकल पार्टसले रत्ननगर १६ स्थित भद्रकाली माध्यमिक विद्यालयका ५ जना विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गरेर कक्षा १२ सम्म पठनपाठन गराउने जिम्मा लिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *