खैरहनी र राप्तीले छान्यो ३ ठूला योजना

वैशाख २६, चितवन । प्रदेश ३ सरकार समक्ष चितवनको खैरहनी र राप्ती नगरपालिकाले १० करोड मुनिका ३ वटा योजना माग गरेको छ । 

 

प्रदेशका भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको प्रमुख आतिथ्यतामा बुधवार आयोजित आर्थिक वर्षका लागि आयोजित निति तथा कार्यक्रम,योजना तर्जुमा र वजेट निर्माण कार्यक्रममा दुई नगरपालिकाले ५० लाखदेखी १० करोड सम्मका ३ वटा योजना छनौट गरेका हुन् । 

null

खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीका अनुसार खैरहनीले चात्राखोला सिमलटाँडी देखी तुलसीपुर सम्म ड्याग निर्माण,राप्तीले मार्ताल पुलदेखी ढुंग्रे खोला सम्म तटवन्धन र दुई नगरपालिकाले साझा रुपमा पम्फा खोलामा तटवन्धन गर्ने योजना छनौट गरे प्रदेश मन्त्री समक्ष पेश गरिएको छ । त्यस्तै १० करोडदेखी ५० करोड सम्मको योजना अन्र्तगत पूर्वी चितवनका चार वटा नगरपालिकालाई जोड्ने गरि रिङ रोड निर्माण गर्ने योजना वनाएका छन् । 

खैरहनी नगरपालिकामा भएको छलफलमा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, प्रदेश ३ का मुख्यमन्त्रीका प्रमुख राजनितिक सल्लाहाकार जेएन थपलिया, खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरी,राप्ती नगरपालिका मेयर प्रभा वराल,खैरहनीकी उपमेयर सुनिता थपलिया,राप्तीका उपमेयर इमानसिंह लामा,जिल्ला समन्वय समिति चितवनकी सदस्य गुनु सुनार,दुवै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु पुरुषोतम शर्मा,मिठाराम हुमागांई लगायतको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *