छोराको बच्चा जन्माउन आमाले गर्भधारण गरेपछी
बैशाख २२, काठमाडौं । अमेरिकाको नेब्रास्काकी एक महिलाले आफ्नो तेश्रोलिंगी छोराको बच्चालाई जन्म दिएकी छन् । आफ्नो छोराका लागि उनले सेरोगेट आमाको भूमिका निर्वाह गर्दै आफ्नै नातिनीको जन्म दिएकी छन् ।
सेसिलको छोरा म्याथ्यू एलेन आफ्नो पति एलिअट डागर्टीको साथ बस्ने गर्थे । छोराले बच्चाको योजना बनाइरहेको थाहा पाएपछि आफ्नै आमाले सेरोगेट आमा बन्ने इच्छा व्यक्त गरिन् ।
null
आमाको उमेर अहिले ६१ वर्ष भयो । ‘शुरुमा मैले आफू सेरोगेट आमा बन्न लागेको कुरा सुनाउँदा धेरैले यो कुरा हाँसोमा उडाउँथे, तर मैले मेरो नातिनीलाई जन्म दिन सफल भएँ’ सेसिलले भनिन् ।
डाक्टरको सल्लाह बमोजिम सेरोगेट आमा बनेकी सेसिलको गर्भमा तेश्रोलिंगी छोरा म्याथूको स्पर्म र उनका पति एलिअटको बहिनीको अण्डाको मिश्रण राखिएको थियो ।
के हो सेरोगेट आमा ?अरु कसैको भ्रुणलाई आफ्नो गर्भमा राखेर बच्चाको जन्म दिनुलाई सेरोगेट आमा भनिन्छ । यसो गरेबापत भ्रुण राख्न दिने आमा–बुबाले गर्भ बोक्नेलाई निश्चित रकम दिन्छन् । भारत लगायतका अन्य विकसित देशहरुमा यस सम्बन्धमा छुट्टै कानुन बनेको भएता पनि नेपालमा भने यो प्रक्रिया खासै चलनमा आएको छैन । एजेन्सी