भेनेजुयलामा प्रदर्शनकारीमाथि सेनाले कुदायो गाडी, राष्ट्रपति क्यूबा भाग्न लागेको खुलासा

 

बैशाख १८, काठमाडौं । भेनेजुएलाका सेनाले प्रदर्शनकारीमाथि गाडी कुदाएका छन् । 

राजनीतिक संकटबाट गुज्रिरहेको भेनेजुयलमा राष्ट्रपति मादुरो समर्थक सेनाले स्वघोषित अन्तरिम राष्ट्रपति तथा विपक्षी नेता जुआन गोइदोको आह्वानमा सडकमा उत्रिएका प्रदर्शनकारीमाथि गाडी कुदाएका हुन् । 

null

राजधानीको सडकमा करिब १० हजार मानिसहरु प्रदर्शनमा उत्रिएका छन् । मानिसहरुले सडकमा सेनाको साथमा हिंस्रक व्यवहार गरेपछि त्यहाँको अवस्था गम्भीर बन्दै गएको छ । 

 

यसैबीच वर्तमान राष्ट्रपति मादुरो क्युबा भाग्न लागेकाे खुलासा भएकाे छ । तर रुसले हस्तक्षेप गरी रोक्न आह्वान गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।  

यद्यपी सरकारका अनुसार सैनिकको एक सानो समूहले विद्रोहलाई दबाइदिएको छ । सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै राष्ट्रपति मादुरोले सेना प्रमुखले आफूलाई पुरै समर्थन दिएको दाबी गरेका छन् । भेनेजुएलाका सेना प्रमुखले रक्तपातको चेतावनी दिएका छन् । 

भेनेजुएलामा बीबीसी र सीएनएनको प्रशारण पनि सरकारले रोकिदिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *