ढुङ्गा प्रहारबाट एक जनाको मृत्यु

जेठ १५, पोखरा । कास्कीमा मङ्गलबार ढुङ्गा प्रहारबाट एक जनाको मृत्यु भएको छ । 

माछापुच्छे« गाउँपालिका–७ ओखरबोट बस्ने ५२ वर्षीय गोरे भनिने मानकाजी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

सोही ठाउँ बस्ने ६५ वर्षीय सन्ते विकले घरायसी झगडाको क्रममा टाउकोमा ढुङ्गा प्रहार गर्दा उनको मृत्यु भएको हो । 

null

ढुङ्गा प्रहार गर्ने सन्तेलाई प्रहरीले पक्राउ गरेको छ । 

मृतकको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *