लागू औषध कारोबार गर्ने ५० वर्षिय महिला पक्राउ

 

जेठ ८, काठमाडौँ । लागू औषध नियन्त्रण ब्यूरोले लागुऔषध कारोबार गरेको आरोपमा एक ५० वर्षिय महिलालाई पक्राउ गरेका छन् । 

पक्राउ पर्नेमा काठमाडौं –१६ कोटेश्वरकी ५० वर्षीया सावित्री श्रेष्ठ रहेकी प्रहरीले जनाएको छ । लागुऔषध कारोबार गर्ने श्रेष्ठको २ सन्तान रहेको र आफ्नो दुवै सन्तानलाई समेत लागू औषध दुर्व्यसनी बनाएको खुल्न आएको छ । 

null

पक्राउ परेका श्रेष्ठको साथबाट १ हजार १९१ एम्पुल लागू औषध र नागद एक लाख ४१ हजार समेत फेला पारिएको प्रहरीले जनाएको छ । श्रेष्ठले कोटेश्वरस्थित घरबाटै लागू औषध कारोबार गर्दौ आईरहेको प्रहरीले बताएकाे छ । 

पक्राउ परेका श्रेष्ठलाई कारवाहीको लागि अघी बढाई सकिएको र उनीमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *