भारतले सपथ ग्रहणमा पाकिस्तानलाई किन बोलाएन ? पाकिस्तानले दियाे यस्ताे जवाफ

 

जेठ १४, काठमाडौं । लोकसभा चुनाव २०१९ मा जीत हासिल गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा पाकिस्तानलाई निमन्त्रणा गरिएको छैन । 

पाकिस्तानले यसमा आफ्नो राष्ट्रको तर्फबाट सफाइ दिएको छ । पाकिस्तानले भारतको आन्तरिक राजनीतिले माेदीलाई निमन्त्रणा दिन रोकेको बताएको छ । 

null

पाकिस्तानी विदेश मन्त्री शाह महमूद कुरैशीलले भने, ‘पाकिस्तान विरोधी कार्डमाथि नै नरेन्द्र मोदीले चुनाव जीतेका हुन् । अब उनका लागि तुरुन्त पाकिस्तानलाई आमन्त्रित गर्नु आफ्नो भनाइबाट पछि हट्नु जतिकै हुन्छ । त्यसैले मोदीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई निमन्त्रणा नपठाएका हुन् ।’ 

विदेशमन्त्री कुरैशीका अनुसार पाकिस्तान विरोधी कार्डमा राष्ट्रवादको दावी गर्दै चुनाव लडे । त्यसैले मोदीले तुरुन्तै आफ्नो धारणा परिवर्तन गर्नु सम्भव छैन । किनकी विपक्षीबाट उनको आलोचना र निन्दा सुरु हुन्छ । 

कुरैशीले अघि भने, ‘इमरानले मोदीलाई फोन गरेर बधाई दिए । यो कुनै नौँलो कुरा होइन । गत वर्ष जब इमरान खानले पाकिस्तानमा चुनाव जितेका थिए । त्यतिबेला मोदीले पनि फोन र पत्रमार्फत् बधाई दिएका थिए । 

शपथग्रहण समारोहमा जानु कुनै मुद्दा नभएको उनको भनाइ छ । ‘राम्रो यो होकी काश्मीर, सियाचिन र सरक्रीक जस्तो विवादमाथिको कुरो अघि बढोस् । यदि मोदी दक्षिण एशियामा विकास चाहन्छन् भने उनले पाकिस्तानसँग मिलेर यी मुद्दाको हल निकाल्नुपर्ने हुन्छ । अब दुनियाँले जानिसकेका छन्, पुलवाको आतंकी हमलामा पाकिस्तानको हात थिएन । भारतले यस हमलामा पाकिस्तानलाई दोषी बनाएको छ । जसलाई अहिलेसम्म सावित गर्न सकेको छैन’, उनले भने । 

नरेन्द्र मोदीको सपथ ग्रहण ३० मे साँझ ७ बजे राष्ट्रपति भवनमा हुँदैछ । राष्ट्रपति रामनाथ कोविन्दले मोदीलाई सपथ ग्रहण गराउने कार्यक्रम छ । 

सोही समयमा प्रधानमन्त्रीको मन्त्रिपरिषद्का सहयोगिहरुलाई पनि सपथ दिलाइनेछ । 

बालाकोट सर्जिकल स्ट्राइक बाहेक ओआईसीले पहिलो पटक भारतलाई आफ्नो बैठकमा आमन्त्रित गरेको थियो । यसको विरोधमा पाकिस्तानले उक्त बैठक बहिस्कार गरेको थियो । २०१४ मा मोदी सरकारको सपथ ग्रहण समारोहमा पाकिस्तानसहित सार्क राष्ट्रका राष्ट्राध्यक्ष सहभागी थिए । 

यस पटकको सपथ ग्रहण समारोहमा भने बंगलादेश, म्यानमार, श्रीलंका, थाइल्याण्ड, नेपाल र भुटानका राष्ट्र प्रमुखहरु सहभागी हुनेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *