पाँचथर हत्याकाण्ड : १० वटै शव परीक्षणका लागि धरान ल्याइयो

धरान, ८ जेठ । पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा सोमबार राति हत्या गरिएकाहरुको शव पोष्टमार्टमका लागि धरान ल्याइएको छ । काठमाडौंबाट गएको सीआईबीको विशेष टोलीले घटनास्थलको अनुगमन गरेर अनुसन्धान अघि बढाएपछि उठाइएका शव आज पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको हो । 

 

पाँचथरको आरुबोटेमा हत्या गरिएको अवस्थामा भेटिएका दुई परिवारका ९ र मिक्लाजुङ–८ लुमाङदिनमा झुन्डिएको अवस्थामा फेला परेको एउटा शवसमेत मिक्लाजुङ गाउँपालिकाको केन्द्र रविमा जम्मा पारेर धरान ल्याइएको हो । मिक्लाजुङ गाउँपालिका–३ मा दुई परिवारका ९ जनाको विभत्स हत्या भएको थियो । 

null

घटनास्थल भन्दा दुई घण्टा परको पैदल दूरीमा मानबहादुर माखिमको शव पनि झुन्डिएको अवस्थामा फेला परेको थियो । मानबहादुरले नै दुवै परिवारका सदस्यको हत्या गरेर आफू झुन्डिएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । घटनाबारे अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *