सिक्किममा गोलेको उदय, चाम्लिङको २५ वर्षे लामो सत्ता यात्रा अन्त्य

एजेन्सी । भारतको इतिहासमा सबैभन्दा लामो समय राज गरेका सिक्किमका मूख्यमन्त्री पवन चाम्लिङको सत्ता कुनै समय उनकै मन्त्री परिषद्मा काम गरेका प्रेम सिंह तामाङ गोलेले उल्टाइदिएका छन् । बिहिबार सार्वजनिक मत परिणाममा गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले ३२ सिट मध्ये १७ सिटमा विजय हासिल गरेपछि चाम्लिङको सत्ता उल्टिएको हो । 

 

चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट १५ सिटमा खुम्चिएको छ । यस नतिजाले सिक्किममा चाम्लिङको २५ वर्ष लामो सत्ताको अन्त्य भएको छ । सन् २०१४ मा भएको अघिल्लो विधानसभा चुनावमा गोलेको पार्टी १० सिट जितेको थियो भने चाम्लिङको पार्टीले २२ सिट जितेको थियो । 

null

यस चुनावमा गोलेले भ्रष्टाचारलाई अन्त्य गर्ने, विकास कामलाई अगाडी बढाउने र युवालाई रोजगारी दिने विषयलाई चुनाबको प्रमुख मुद्दा बनाएका थिए । परिवर्तन र ‘२५ वर्षे राजाको शासनको अन्त्य’ उनको प्रमूख चुनावी नारा थियो । ‘म तपाईंहरूसँग २५ वर्ष मागिरहेको छैन । मलाई ५ वर्ष दिनोस्, मेरा सबै वाचा पूरा गर्छु’, उनी भन्ने गर्थे । 

बहुमत पाएसँगै गोले नेतृत्वको मोर्चाले अब सिक्किमको नयाँ सरकार बनाउनेछ । त्यसैगरी लोकसभाको सिटमा पनि गोलेको पार्टी नै विजयी भएको छ । भारतको लोकसभामा सिक्किम राज्यबाट १ सिटको प्रतिनिधित्व हुने गर्छ । सन् १९९४ देखि चाम्लिङ सिक्किमका मूख्यमन्त्री रहँदै आएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *