प्रतिपक्षलाई फुर्काउँदै प्रचण्डले भने, ‘यसका लागि धन्यवाद’

 

बैशाख २४, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नीति तथा कार्यक्रमको समर्थन गर्दै प्रतिपक्षलाई धन्यवाद दिएका छन् । 

गत शुक्रबार संघीय संसदको दुवै सदनको बैठकमा पेश गरिएको सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष दाहालले प्रतिपक्षलाई धन्यवाद दिएका हुन् । 

null

‘गत वर्षको नीति कार्यक्रम र बजेट निर्माणको प्रतिवाद गर्ने तयारीको स्तरको तुलनामा यो वर्ष मैँले अलि व्यवस्थित महशुस गरेको छु,’ गत वर्षको तुलनामा सत्तापक्ष र प्रतिपक्ष दुवैको स्तरमा सुधार आएको स्पष्ट पार्दै उनले भने, ‘यो पटक राम्रो तयारीका साथ प्रतिपक्षका नेताले लिखित रुपमा नै आफ्ना धारणाहरु राख्ने र यसलाई बहसको एउटा नयाँ स्तर प्रदान गर्ने जो कोशिस भएको छ, यस अर्थमा म प्रतिपक्षका मान्य सदस्यहरुलाई पनि धन्यवाद नै भन्न चाहन्छु ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *