मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकार, आजदेखि दोस्रो चरणको आन्दोलन
जेठ ६, काठमाडौं । नेपाल पत्रकार महासंघले आजदेखि दोस्रो चरणको आन्दोलन सुरु गर्दैछ ।
आइतबार बसेको महासंघको उपलब्ध केन्द्रीय समितिको बैठकले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकविरुद्ध आजदेखि दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको हो ।
null
पहिलो चरणको आन्दोलन सकिँदा पनि सरकारले माग सम्बोधनमा बेवास्ता गरेका कारण पत्रकारहरु आन्दोलित भएका हुन् ।
दोस्रो चरणको आन्दोलन आजदेखि जेठ २५ गतेसम्म चल्ने महासंघले जनाएको छ ।
जेठ ६ र ७ गते महासंघका पूर्वअध्यक्षहरुसँग छलफल र परामर्श गर्ने, जेठ ८ गते संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरुको ध्यानाकर्षण गराउने, जेठ ९ देखि १२ गतेसम्म सञ्चार माध्यमका सम्पादकहरुसँग भेट गरी सञ्चार अभियान सञ्चालन गर्ने, जेठ १३ र १४ गते सांसदहरुसँग छलफल गर्ने महासंघको कार्यक्रम छ ।
त्यस्तै जेठ १६ गते प्रेस स्वतन्त्रता सेनानीसँग छलफल गर्ने, जेठ १८ देखि २० गतेसम्म महासंघको प्रतिष्ठान शाखा, र एसोसिएटहरुको आयोजनामा विधेयकका कारण समाचार कक्षमा पर्ने प्रभावबारे छलफल चलाउने, जेठ २३ र २४ गते राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अभिकारकर्मीसँग अन्तक्र्रिया कार्यक्रम गर्ने महासचिव रमेश विष्टले जानकारी दिए ।
जेठ २५ गते अपरान्ह ३ बजे काठमाडौंको बानेश्वरदेखि बबरमहलसम्म मानव हातेसाङ्लो बनाई बृहत् प्रदर्शन गर्ने, काठमाडौं उपत्यकाबाहिर प्रदेश राजधानीमा पनि मानव हातेसाङ्लो बनाई प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।